मंगलबार , बैसाख २९, २०८३

सुदूरपश्चिममा बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार साँझदेखि अहिलेसम्म डोटीमा १३, बझाङमा ६ जना, बैतडीमा ४, डडेल्धुरामा २ र कैलालीमा १ गरी २६ जनाको मृत्यु भएको हो।

बाढी र पहिरोमा परेर अन्य ११ जना घाइते भएका छन् भने २५ जना बेपत्ता छन्।

बेपत्ता हुनेमा बझाङका थलारा गाउँपालिका डिख्लाका २१ जना, खप्तडाछान्ना गाउँपालिकाका २ र कैलालीका २ गरी २५ जना अझै बेपत्ता छन्।

बझाङमा १७, डोटीमा १२ र डडेल्धुराका ३ वटा घरमा पूर्णरूपमा क्षति समेत भएको प्रहरीले जनाएको छ।

प्रदेशका तराई भेगमा जिल्ला कैलाली र कञ्चनपुरमा पनि सयौं घरमा डुबानमा परेका छन्।

प्रदेशका पहाडी र तराईका बाढी पहिरो प्रभावित क्षेत्रका कयौं परिवार विस्थापित भएका छन्।

विस्थापित भएकालाई विद्यालय, सामुदायिक भवनमा राखिएको छ।

यस्तै प्रदेशमा ठूलो संख्यामा गाई-भैंसी, कुखुरा, बाख्रा लगायतका पशुपंक्षीमा पनि क्षति पुगेको छ।

बाढी पहिरोकै कारण प्रदेशका विभिन्न सडकखण्डदेखि झोलुङे पुलसम्म पूर्ण रूपमा क्षति पुगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ।

बाढी र पहिरोका कारण डडेल्धुरा, डोटी, अछाम, बैतडी, बझाङ र दार्चुलाका मुख्य तथा शाखा सडकखण्ड अवरूद्ध छन्।

अवरूद्ध सडकखण्ड खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP