सोमबार , जेठ २७, २०८२

नेपालका लागि जापानी राजदूत किकुता युताकाले परराष्ट्रमन्त्री नारायण खड्कासँग मन्त्रालयमा शिष्टाचार भेटघाट गरेका छन् । भेटमा परराष्ट्रमन्त्री खड्कालाई बधाई दिदैं राजदूत किकुताले कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै जापानी विदेश मन्त्री मोतेगी तोसिमित्सुले पठाएको बधाई सन्देश हस्तान्तरण गरेका थिए ।

भेटमा मन्त्री खड्काले समकक्षीलाई बधाई सन्देश दिदैं प्रधानमन्त्री किसिदा फुमियोलाई शुभकामदा दिएका थिए । शुभकामना आदानप्रदानका क्रममा राजदूतले प्रधानमन्त्री देउवाबाट समकक्षीलाई पठाएको बधाइ सन्देशका लागि आभार व्यक्त गरे । विदेशमन्त्री मोतेगीको भने वर्तमान सरकारमा पुनर्नियुक्ती भएको हो । भेटमा मन्त्री खड्का र राजदूत किकुताले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धको प्रगाढताबारे चर्चा गरेका थिए । राजदूत किकुताले पहिलोपटक नेपाली विद्यार्थीले जापानको भ्रमण गरेको आगामी वर्ष १२० वर्ष पुग्ने भन्दै नेपाल र जापानबीच अतुलनीय मित्रता रहेको उल्लेख गरेका थिए । नेपालको विकास, आपतकालीन सहयोग तथा कोभिड–१९ महामारी प्रतिकार्यमा जापानले सहयोग पुर्‍याएको उल्लेख गर्दै राजदूतले नेपालमा कोभिड–१९ भ्याक्सिन भण्डारणका लागि युनिसेफबाट निर्मित ‘कोल्ड चेन’ जापान सरकारको योगदान भएको बताए ।

जापानले कोभिड–१९ प्रतिकार्यका लागि मेडिकल सामग्रीसहित १६ लाख अष्ट्राजेनेका खोप उपलब्ध गराएको थियो । भेटमा राजदूत किकुताले नेपालको सामाजिक–आर्थिक विकासमा सहयोग गर्न जापान सधैं तयार रहेको भन्दै दुई देशको साझेदारीलाई थप उचाइमा पुर्‍याउँदै जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन भूमिका निर्वाह गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP