सोमबार , भाद्र १५, २०८३

सरकारले बाढी तथा पहिरोमा परी मृत्यु भएका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेको छ। बुधबार मन्त्रिपरिषद्को बैठकले बाढी-पहिरोमा परी मृत्यु भएका परिवारलाई राहत र क्षतिपूर्ति दिने निर्णय गरेको हो।

बैठकले परिवारको एकजना मात्रै मृत्यु भएको अवस्थामा प्रतिपरिवार २ लाख रुपैयाँ र एकजना भन्दा धेरैको मृत्यु भएको भए प्रतिव्यक्ति थप १ लाखका दरले राहत दिने निर्णय गरेको गृह मन्त्रालयका सूचना अधिकारी दिल कुमार तामाङले जानकारी दिए।

तामाङका अनुसार बाढीपहिरोमा परी घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्नेछ। त्यस्तै, मन्त्रिपरिषद् बैठकले बाढी तथा पहिरोका कारण विद्युत्,सञ्चार अवरुद्ध भएका स्थानमा उच्च प्राथमिकताका साथ सञ्चालनमा ल्याउने बैठकले निर्णय गरेको तामाङले बताए।

त्यस्तै, मौसमले साथ दिए प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेश र पूर्वका बाढी प्रभावित क्षेत्र भ्रमण गर्ने भएका छन्।

‘बाढीपहिरो प्रभावितको तत्काल खोज, उद्धार, राहतमा ध्यान दिने निर्णय भएको छ। त्यसका साथै पुनर्स्थापना र आवास निर्माणका विषयमा पनि छलफल भइरहेको छ। केन्द्र सरकारसँगै स्थानीय सरकार जिल्ला समन्वय समितिले राहत उद्धार कार्य गर्दै आएको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP