मंगलबार , बैसाख २९, २०८३

नेपाली फुटबल टोलीलाई पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलसम्म पुर्‍याउन सफल अब्दुल्लाह अल्मुताइरीले मंगलबार फिफाले अयोजना गरेको भुर्चल कार्यक्रममा प्रशिक्षककै रूपमा सहभागिता जनाएका छन् ।

साफ च्याम्पियनसिपका दौरान लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेलेपछि नेपालले फाइनलमा स्थान बनाएको थियो । नेपालले साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको यो नै पहिलो हो । त्यसपछि अल्मुताइरीले फाइनल नै नेपालको प्रशिक्षकका रूपमा अन्तिम खेल हुने र आफू कहिल्यै नेपाल नफर्किने बताएका थिए ।फाइनलपछि अल्मुताइरी नेपाल नआएर सिधै कतार गएका थिए । तथापि उनले फाइनलपछि आफ्नो बोली फेरिसकेका थिए । अल्मुताइरीले फाइनलपछि भनेका थिए, “म थाकेको छु । दुई साता आराम गरेपछि नेपाल फर्किने विषयमा सोच्नेछु । नेपाल मेरो मुटुमा बसेको छ । र, यहाँबाट कसैले पनि निकाल्न सक्दैन ।”

तर, उनले मंगलबार विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आयोजना गरेको भुर्चल कन्फेरेन्समा नेपालको प्रशिक्षककै रूपमा सहभागिता जनाएका छन् । फिफाले राष्ट्रिय टोलीका प्रशिक्षकहरुसँग ‘फुटबलको भविष्य’ विषयमा छलफल गरेको एन्फाले जनाएको छ । फिफाका ग्लोबल फुटबल डेभलपमेन्ट विभाग प्रमुख आर्सेन वेंगरले सञ्चालन गरेको उक्त भर्चुअल कन्फेरेन्स अक्टोर १९ भइसकेको छ भने अब अक्टोबर २१ मा हुनेछ ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले पनि अल्मुताइरीसँगको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राख्दै ‘नेपाली राष्ट्रिय टिमलाई थप मजबुत बनाउने सम्बन्धमा आज हाम्रो छलफल’ लेखेका थिए ।

उक्त तस्बिरबारे कुरामा कर्मा छिरिङले वार्ता सकरात्मक भएको र अल्मुताइरी चाँडै नेपाल फर्किने आशा गर्न सकिने बताएका थिए ।

अल्मुताइरीले यसअघि पनि सामाजिक संञ्जालमा समर्थकलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिन एन्फा जान लागेको घोषणा गरेका थिए । त्यतिबेला उनले एन्फाका बरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङलाई ‘मेन्सन’ गरेका थिए ।

माल्दिभ्समा भने भारतसँग १–० ले हारेपछि नेपालका प्रशिक्षक अल्मुताइरीको चर्को आलोचना भएको थियो । प्रशिक्षकले रक्षात्मक रणनीति अपनाएको भन्दै विशेषगरी सामाजिक सञ्जालकम अल्मुताइरीको चर्को आलोचना भएको थियो । त्यसबाट निराश अल्मुताइरीले फाइनलअघि एकाएक पद छाड्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP