सोमबार , भाद्र १५, २०८३

आइतबारदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा बझाङको खप्तड छान्ना गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका ४ माझीगाउँ का धर्मराज रोकाया र उनकी श्रीमती जयसरा रोकाया र वडा नम्बर ५ कालुखेतीका विरु गिरी र उनकी श्रीमती चन्द्रा गिरीको तथा खप्तड छान्ना गाउँपालिका–५ का धनराज जोशी छन् ।

खप्तड छान्ना गाउँपालिकाका वीरेन्द्रबहादुर सिंहका अनुसार अविरल वर्षाका कारण पहिरो जाँदा पहिरोमा पुरिएर सबैको मृत्यु भएको हो । पहिरोमा च्यापिएर मृत्यु भएका सबैको शव स्काभेटरको मद्दतमा निकालिएको थियो । सञ्चार सम्पर्क विच्छेद भएकाले ढिलो गरी सूचना प्राप्त भएको प्रहरीको भनाइ छ । ‘अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर मृत्यु भएको भन्ने खबर प्राप्त भएको छ,’ जिल्ला प्रहरी कार्यालयका डिएसपी रुपक खड्काले भने, ‘छान्ना प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ खटाएको छु, केही समयपछि सबै जानकारी आउने छ ।’

खप्तड छान्ना गाउँपालिका–७, तिखाढुङ्गाका रामबहादुर सिंह, मानबहादुर सिंह, मंगलबहादुर सिंह, दलबहादुर सिंह र हस्तबहादुर सिंहका सबै परिवार पहिरोका कारण विस्थापित भई आफन्तका घरमा बसोबास गर्दै आएको जनाइएको छ । यसैबीच पहिरोले पुरिएर बेपत्ता भएका थलारा गाउँपालिका डिख्लाका २३ जनामध्ये २ जनाको शव प्रहरीले फेला पारेको छ । तर शवको सनाखत भने हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP