शनिबार , बैसाख २७, २०८२

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्​ (सीटीईभीटी)लाई विकट ठाउँमा लैजानुपर्ने बताएका छन् । मंगलबार सीटीईभीटी कार्यरत कर्मचारीसँगको छलफलमा मन्त्री पौडेलले प्राविधिक शिक्षातर्फ नागरिकको पहुँच विस्तार गर्न सीटीईभीटीलाई गाउँ गाउँमा लैजानुपर्ने बताए ।

उनले भने, ‘सीटीईभीटी भनेको शिक्षा मन्त्रालय मातहतको हो । जहाँ गरिबी छ त्यहाँ लगेर रोजगारमुलक दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक छ ।’ उनले यस कार्यमा मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

आंशिक रुपमा उत्पादनसँग जोडिएकाले प्राविधिक शिक्षालाई जनतासँग जोड्नुपर्ने उनको भनाई थियो । देशभर ६१ आंगिक प्राविधिक शिक्षालय भएको बताउँदै आवश्यकताका आधारमा सम्बन्धन दिन समस्या नहुने विषयलाई मन्त्री पौडेलले प्रष्टाए ।

उनले भने, ‘जनतासँग जोडिएको विषय भएकाले यसलाई उत्पादनसँग जोड्दै जनपक्षीय बनाउनु पर्छ ।’ सीटीईभीटीका कर्मचारीले कर्मचारी दरबन्दीको समस्या, अदालतमा परेको मुद्दाका विषयमा शिक्षा मन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP