मंगलबार , बैसाख २९, २०८३

महाकाली नदीको टापुमा फसेका ५ जनाको १५ घण्टापछि उद्धार गरिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मुसेट्टिमा फसेका ५ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

सुर्खेतबाट आएको सेनाको पश्चिम कमाण्ड हेलिकप्टरले उद्दार गरेको हो । प्रतिकुल मौसमका वाबजुद सेनाको हेलिकप्टरले उद्धार गरेको जनाइएको छ ।

उद्धार गरिएकाहरुमा ३६ वर्षीय पुष्कर नायक, ३२ वर्षीय शान्ति नायक, १० वर्षीय अजय नायक, ४ वर्षीय सुरज नायक र ५० वर्षीया गौरी खड्का छन् । उनीहरु महाकालीको भंगालोमा फसेका थिए । उनीहरू १५ घण्टादेखि रूखमा चढेर बसेका थिए ।

उद्धारका लागि दिउँसो ४ बजे नै हेलिकप्टर त्यस क्षेत्रमा पुगेको थियो । तर, भिजिबिलिटी कम भएपछि उद्धारमा कठिनाइ भएको थियो । उद्धारका लागि सेनाको हेलिकप्टर डडेल्धुराको जोगबुढा रुट हुँदै पहाडको खोँचबाट मुसेट्टी पु¥याउन खोजिएको थियो । तर, भिजिबिलिटि कम भएपछि धनगढी फिर्ता भएको थियो ।

लामो समयको प्रयासपछि सेना उद्धार गर्न सफल भएको हो । कुखुरा फार्ममा कुरुवा बस्न गएका मुसेट्टिका एकै परिवारका ५ जना सोमबार रातिदेखि टापुमा फसेका थिए । आज बिहान मात्र उनीहरू फसेकोबारे जानकारी आएको थियो । त्यसपछि उनीहरूको उद्धारका लागि जनप्रतिनिधि र स्थानीय प्रशासन लागेको थियो । तर, नदीको बहाव एकदमै बढी भएका कारण डुंगाबाट उद्धार गर्न समस्या भएको थियो । त्यसपछि सेनाको हेलिकप्टर मगाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP