शनिबार , बैसाख २७, २०८२

महाकाली नदीको टापुमा फसेका ५ जनाको १५ घण्टापछि उद्धार गरिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मुसेट्टिमा फसेका ५ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

सुर्खेतबाट आएको सेनाको पश्चिम कमाण्ड हेलिकप्टरले उद्दार गरेको हो । प्रतिकुल मौसमका वाबजुद सेनाको हेलिकप्टरले उद्धार गरेको जनाइएको छ ।

उद्धार गरिएकाहरुमा ३६ वर्षीय पुष्कर नायक, ३२ वर्षीय शान्ति नायक, १० वर्षीय अजय नायक, ४ वर्षीय सुरज नायक र ५० वर्षीया गौरी खड्का छन् । उनीहरु महाकालीको भंगालोमा फसेका थिए । उनीहरू १५ घण्टादेखि रूखमा चढेर बसेका थिए ।

उद्धारका लागि दिउँसो ४ बजे नै हेलिकप्टर त्यस क्षेत्रमा पुगेको थियो । तर, भिजिबिलिटी कम भएपछि उद्धारमा कठिनाइ भएको थियो । उद्धारका लागि सेनाको हेलिकप्टर डडेल्धुराको जोगबुढा रुट हुँदै पहाडको खोँचबाट मुसेट्टी पु¥याउन खोजिएको थियो । तर, भिजिबिलिटि कम भएपछि धनगढी फिर्ता भएको थियो ।

लामो समयको प्रयासपछि सेना उद्धार गर्न सफल भएको हो । कुखुरा फार्ममा कुरुवा बस्न गएका मुसेट्टिका एकै परिवारका ५ जना सोमबार रातिदेखि टापुमा फसेका थिए । आज बिहान मात्र उनीहरू फसेकोबारे जानकारी आएको थियो । त्यसपछि उनीहरूको उद्धारका लागि जनप्रतिनिधि र स्थानीय प्रशासन लागेको थियो । तर, नदीको बहाव एकदमै बढी भएका कारण डुंगाबाट उद्धार गर्न समस्या भएको थियो । त्यसपछि सेनाको हेलिकप्टर मगाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP