सोमबार , भाद्र १५, २०८३

निरन्तरको वर्षाले सोमबार बिहानैदेखि बुटवल-पाल्पा सडक खण्ड दिनभर नै खुल्ने र बन्द हुने क्रम चली रह्यो । ‘मृत्युमार्ग’को रूपमा परिचित यस सडक खण्डको ठाउँठाउँमा गएको पहिरोले यात्रुले सास्ती भोगे ।

सडक खण्डको गौडेपुल, कालीमाटी, हिउँदे खोला, झुम्सा, दोभान, सिद्धबाबालगायतका दर्जनभन्दा बढी ठाउँमा ढुंगासहितको पहिरो जाँदा यात्रुले घन्टौँ जाममा बस्नुपरेको थियो । सडक लामो समय बन्द नभए पनि सानोतिनो पहिरोका कारण पनि यात्रुले समस्या भोगेको गुल्मीबाट काठमाडौंको यात्रा गरेका यात्रुले बताए ।

पहिरो हटाउन जेसीवी र जनशक्ति तयारी अवस्थामा तैनाथ राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए । रातिको समयमा पाल्पा-बुटवल खण्ड भएर यात्रा गर्न निकै जोखिमपूर्ण रहेकाले आकस्मिकबाहेकको यात्रा नगर्न जिल्ला प्रहरी कार्यालय पाल्पाले आग्रहसमेत गरेको छ ।हिउँद होस् या बर्खा, सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडक खण्डमा यात्रुले सास्ती भोग्नुपर्ने नियति नै बनेको छ । चुनावताका ‘भोट कार्ड’को रूपमा प्रयोग हुने यस सडक खण्डले धेरै जनालाई मन्त्री, सांसद बनाएको भए पनि सडक भने बन्न सकेको छैन । यस खडक खण्ड भएर पाल्पासहित गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत। बागलुङ, कास्की, पर्वतसम्म सवारी आवतजावत गर्ने गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP