
नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण एमालेले चियापान नगर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ्ले जानकारी दिए ।
एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएपछि एमालेले हरेक वर्ष चियापानको आयोजना गर्दै आइरहेको थियो । गतवर्ष पनि कोरोना भाइरसको कारणले एमालेले चियापान गरेको थिएन । यसअघि नेपाली कांग्रेसले पनि यसपटक चियापान नगर्ने निर्णय गरिसकेको छ ।