मंगलबार , अषोज २७, २०८३

चीनले नेपाललाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप अनुदान दिने भएको छ।

मंगलबार परराष्ट्रमन्त्री नारायण खड्कासँगको टेलिफोन संवादमा चिनियाँ विदेशमन्त्री वाङ यीले २० लाख डोज खोप अनुदान दिने प्रतिबद्धता जनाए। यसअघि चीनले नेपाललाई २८ लाख डोज खोप राहत स्वरुप उपलब्ध गराइसकेको छ।

कुराकानीका क्रममा परराष्ट्रमन्त्री खड्का र वाङबीच कोभिड १९ विरुद्धको लडाईंमा सहकार्य, द्वीपक्षीय व्यापार, सीमा व्यवस्थापन विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयद्वारा जारी गरेको विज्ञप्तिमा उक्त जानकारी दिइएको छ।दुई देशका परराष्ट्रमन्त्रीबीच चीनले नेपालमा सञ्चालन गरेको परियोजना, कोरोनाका कारण पढाइ छाडेर फर्किएका नेपाली विद्यार्थीको फिर्ति, तातोपानी नाका र रसुवागढी नाकाको नियमति सञ्चालनको विषयमा समेत कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

लामो समयदेखि चीनले तातोपानी र रसुवागढी दुवै नाकागढी नाकालाई पूर्ण रुपमा सञ्चालन गर्न आनाकानी गर्दै आइरहेको छ। उनीहरुबीच दुई देशबीच हवाई उडानलाई नियमित गर्ने सन्दर्भमा समेत गम्भीरतापूर्वक कुराकानी भएको छ।

कुराकानीका अवसरमा परराष्ट्रमन्त्री खड्कालाई विदेशमन्त्री यीले चीन भ्रमणको निम्तोसमेत दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP