सोमबार , भाद्र १५, २०८३

महाकाली नदीको बहाव अहिलेसम्मकै उच्च रहेको छ । मङ्गलवार दिउँसो गरिएको नदीको जलसतह मापनअनुसार पानीको बहाव पाँच लाख ४७ हजार २२४ क्यूसेक पुगेको छ । पानीको बहाव आठ वर्ष यताकै उच्च हो । नदीको जलस्तर उच्च भएपछि ९२ साल पुरानो सीमा पुल आवतजावतमा पूर्णरुपमा रोक लगाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए । नदीमा पानीको बहाव बढेसँगै महाकाली पुलमा रातो बत्ती बालिएको छ ।

पानीको बहाव उच्च बन्दै गएपछि वर्षौ पुरानो पुलसमेत जोखिममा परेको छ । सन् १९२३ मा निर्माण कार्य प्रारम्भ गरिएको पुल सन् १९२९ मा निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको थियो । पुल निर्माणको कार्य सम्पन्न भएपछि नदीको जलस्तर मापनको कार्य हुँदै आएको छ ।

सारदा ब्यारेजको रेकर्डअनुसार यसअघि सन् २०१३ जनवरी १८ तारिखमा महाकाली नदीको पानीको जलस्तर पाँच लाख ४४ हजार क्यूसेक पुगेको थियो । सन् १९३५ अगस्ट ३१ मा नदीको जलस्तर पाँच लाख २२ हजार क्यूसेक पुगेको थियो । त्यसपछि सन् २००८ मा चार लाख ६१ हजार ७८८ क्यूसेक पुगेको थियो । पानीको बहाव बढेसँगै सुरक्षा निकायले तटीय क्षेत्रका बस्तीका बासिन्दालाई उद्धार गरी सुरक्षित क्षेत्रमा राख्ने कार्य गरिरहेका छन् ।

नदीको पानी भीमदत्त नगरपालिकाको भुजेला, ऐरी, ओदाली, ऐरी, ब्रम्हदेव र दोधारा चाँदनी क्षेत्रका बस्तीमा पसेको छ । गएरातिदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरीले स्थानिय बासिन्दालाई सुरक्षित स्थानमा राख्ने कार्य गरिरहेका छन् ।

स्थानीय सङ्घसंस्थाले उद्धार गरिएका बासिन्दालाई तत्काल आवश्यक पर्ने राहतका कार्यक्रम सञ्चालन गरेका छन् । महाकाली नदीले तटबन्धसँगै नयाँ बन्दै गरेको पुल जोडने पहुँच मार्ग भत्काउने क्रम जारी राखेको छ । मार्ग भत्कीएमा तटीय क्षेत्रका पूरै बस्ती जलमग्न भई क्षति हुने सम्भावना बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP