आइतबार , जेठ २६, २०८२

अस्ट्रेलियन सरकारले विदेश जाने आफ्ना नागरिकका लागि ‘भ्याक्सिन पासपोर्ट’ जारी गरेको छ।

सरकारले आगामी नोभेम्बर महिनाको सुरूदेखि दुबै खोप लगाएका नागरिक र पिआर होल्डरले विदेश यात्रा गर्न पाउने घोषणा गरेसँगै भ्याक्सिन पासपोर्ट जारी गरेको हो।

खोप लगाइसकेकाले विदेश यात्रामा अनिवार्य भ्याक्सिन पासपोर्ट बोक्नुपर्ने हुन्छ। क्युआर कोडसहित रहने यस खोप प्रमाणपत्रमा बाहकको पासपोर्टको विवरण सामेल हुनेछ।

अन्तर्राष्ट्रिय रूपमै स्क्यान गर्न सकिने यस्तो क्युआर कोड सहितको प्रमाणपत्र र पासपोर्ट जोडिएपछि विश्वभरि जहाँ गए पनि यसलाई प्रमाणित गर्न सकिने व्यवस्था समेत गरिएको छ।

भ्याक्सिन प्रमाणपत्रमा पासपोर्ट बाहकको नाम, जन्म मिति, पासपोर्ट नम्बर र खोप लगाएको मिति समावेश हुनेछ। जुन कोडलाई संसारभरlका अधिकांश देशको सLमा सुरक्षाकर्मीले स्क्यान गरेर विवरण प्रमाणित गर्न सक्नेछन्।

कोरोनाका कारण लगभग दुई वर्षदेखि बन्द अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमाना खुला गर्न यस्ता भ्याक्सिन पासपोर्ट निकै उपयोगी सावित हुने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP