सोमबार , अषोज २६, २०८३

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिना अवधिमा सरकारको बजेट खर्च निकै न्यून देखिएको छ । बजेट कार्यान्वयनमा देखिएको ढिलाइको असर खर्चमा देखिएको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार असोज मसान्तसम्म वार्षिक विनियोजित बजेटको १४ दशमलव २३ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।

चालु आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड बजेट विनियोजन भएकोमा पहिलो त्रैमाससम्म २ खर्ब ३४ अर्ब ५२ करोड रुपैयाँ बराबर बजेट खर्च भएको देखिन्छ । यसमध्ये चालुतर्फ १ खर्ब ८६ अर्ब ५२ करोड अर्थात् विनियोजित बजेटको १८ दशमलव ५७ प्रतिशत खर्च भएको छ । पुँजीगतर्फ भने ३ दशमलव ४२ प्रतिशत अर्थात् १४ अर्ब ८८ करोड रुपैयाँ मात्रै खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले पुँजीगत शीर्षकमा ४ खर्ब ३५ अर्ब २४ लाख रुपैयाँ छुटाएको छ । त्यस्तै वित्तीय व्यवस्थापनतर्फ ३३ अर्ब ११ करोड अर्थात् वार्षिक लक्ष्यको १९.९२ प्रतिशत बजेट खर्च भएको छ ।

सरकारले बजेट वक्तव्यमार्फत मासिक १० प्रतिशत बजेट खर्च गर्ने घोषणा गरेको थियो । तर आर्थिक वर्षको पहिलो तीन महिना बितिसक्दा पनि बजेट खर्च कसरी बढाउने भन्ने स्पष्ट कार्यदिशा सरकारले तयार पार्न सकेको छैन । हरेक महिना १० प्रतिशतका दरले कसरी बजेट खर्च गर्ने भनेर सबै विषयगत मन्त्रालयमार्फत अर्थ मन्त्रालयले कार्य योजना माग गरेको थियो ।

तर, धेरैजसो मन्त्रालयले यस्तो कार्य योजना पेस गरेका छैनन् । सबै मन्त्रालयबाट कार्य योजना आई नसकेको अर्थ मन्त्रालयका प्रवक्ता रिते शाक्यले बताए । ‘बजेट खर्च बढाउने र सन्तुलित बजेट खर्च गर्ने भनेर मासिक १० प्रतिशत खर्च गर्ने कार्य योजना मागिएकोमा त्यो आउन बाँकी छ,’ शाक्यले भने, ‘विषयगत मन्त्रालयहरूले बुझाएको कार्य योजनाका आधारमा थप निर्णय लिन सक्छौँ ।’

यही अवधिमा सरकारको राजस्व सङ्कलन भने लक्ष्यभन्दा बढी देखिएको छ । असोज मसान्तसम्म २ खर्ब ७७ अर्ब ८५ करोड ४१ लाख रुपैयाँ बराबर राजस्व सङ्कलन भएको महालेखा नियन्त्रकको तथ्याङ्कले देखाउँछ । १२ खर्ब १४ अर्ब ९७ करोड रुपैयाँ बराबरको वार्षिक लक्ष्य रहेकोमा असोज मसान्तसम्ममा २२ दशमलव ८९ प्रतिशत असुली भएको हो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिना अवधिमा आन्तरिक राजस्व लक्ष्यभन्दा बढी उठेको छ । आन्तरिक राजस्व विभागका अनुसार यो अवधिमा ९१ अर्ब ८४ करोड १६ लाख रुपैयाँ बराबर राजस्व सङ्कलन लक्ष्य राखिएकोमा ९६ अर्ब २८ करोड ४९ लाख रुपैयाँ बराबर असुली भएको हो । यो अवधिमा मूल्य अभिवृद्धि कर (भ्याट) मा बाहेक सबै राजस्व शीर्षकमा लक्ष्य भेटिएको विभागका प्रवक्ता अर्जुन ढकालले जानकारी दिए ।

तीन महिना अवधिमा ३० अर्ब ३६ करोड ७ लाख रुपैयाँ भ्याट उठाउने विभागको लक्ष्य रहेकोमा ८५ दशमलव २ प्रतिशत अर्थात् २६ अर्ब ८० करोड ८१ लाख रुपैयाँ बराबर मात्रै असुली भएको देखिन्छ । तर, आयकरतर्फ लक्ष्यभन्दा २८ प्रतिशत बढी र अन्त:शुल्कतर्फ ५९ प्रतिशत बढी राजस्व उठेको छ । आयकरतर्फ ३२ अर्ब २८ करोड लक्ष्य रहेकोमा ३८ अर्ब १२ करोड र अन्त:शुल्कतर्फ १८ अर्ब ७० करोड रुपैयाँ बराबर लक्ष्य रहेकोमा २२ अर्ब ९८ करोड राजस्व उठेको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP