मंगलबार , बैसाख २९, २०८३

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले केपी ओलीको नजरमा दुश्मन या चाकर मात्र रहेको टिप्पणी गरेकी छन्। नेकपा (एकीकृत समाजवादी) गुल्मीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दे झाँक्रीले यस्तो बताएकी हुन्।

गाउँका इकाईदेखि केन्द्रिय राजनीतिमा जीवनका उर्जा सर्मपण गरे पनि एमाले पार्टीभित्र रैती बन्ने स्थिती देखा परेपछि स्वतन्त्र मान्छे बन्न समाजवादी पार्टी जन्माएको उनले जिकिर गरिन्। केपीले पार्टी सिद्धान्त र पद्धति खोज्नेलाई दुश्मन बनाएर आफ्नो भक्तिगान गर्ने र अवसरमा रमाउनेहरुलाई चाकर बनाएर राखेको उनको आरोप छ।

मन्त्री झाँक्रीले अझै पनि केहि नेताहरुले बनिबनाउ घरको नाममा दासत्व खोजिरहेको बताइन् । विद्यार्थी जीवनदेखि गाउँका उन्यू र सिस्नो घारीबाट निस्केर पार्टीमा संगठित भएको बिगत स्मरण गर्दै गुल्मेली माटोले अब आफनो भुमिका खोजेको झाँक्रीले उल्लेख गरिन्।

उनले मन्त्री भएपछि पास मार्क मात्रै प्राप्त गर्नेभन्दा पनि केहि अनुकरणीय काममा आफूले प्रयत्न गर्ने भन्दै आगामी तीन महिनासम्म सवै तहका संगठनहरुको संरचना निर्माण गरेर पार्टीको नयाँ उचाई स्थापित गर्ने बताइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP