मंगलबार , बैसाख २९, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा झाङ्गिदै गएको गुटबन्दी अन्त्य गर्न आग्रह गरेका छन्।

पेरिसडाँडास्थित पार्टी मुख्यालयमा सोमबार शुरू स्थायी समिति बैठकमा बोल्दै दाहालले गुटबन्दीले पार्टीलाई खोक्रो बनाएको बताएका हुन्। दाहाललाई उदृध गर्दै बैठकमा सहभागी एक स्थायी समिति सदस्यले भने, “यसरी नै पार्टीभित्र गुट क्रियाशील भइरहने हो भने आगामी चुनाव हाम्रा लागि निकै चुनौतिपूर्ण हुने देख्छु।”

माओवादी प्रवक्ता कृष्णबहादुर महराले भने प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नविकरण, विभागहरू गठन लगायतका विषयमा छलफल भएको जानकारी दिए।

कुन गुटको नेता को

माओवादी पार्टीभन्दा पनि विभिन्न पार्टीहरूको केन्द्र जस्तो भएको माओवादी नेताहरूको टिप्पणी छ। अध्यक्ष दाहालले गत साउन पहिलो साता कसलाई मन्त्री बनाउने भन्ने कुराले आफू निकै मानसिक तनावमा पारेको बताएका थिए।

सूर्यनाथ रान यादवको स्मृति दिवसमा आयोजित अर्को कार्यक्रममा बोल्दै दाहालले आफूहरूलाई ‘अरुले माओवादी होइन खाओवादी भन्ने’ गरेको धारणा राखेका थिए।

पार्टीभित्र गुट-उपगुट सक्रिय भएपछि नै दाहालले यस्तो अभिव्यक्ति दिने गरेको माओवादी नेताहरू बताउँछन्। शेरबहादुर देउवा नेतृत्वको सरकारमा कसलाई पठाउने भन्ने छलफल हुँदा चार गुट स्पष्ट देखिएको हो। माओवादीमा संस्थापन, पूर्व एकता केन्द्र, पूर्व माओवादी र खुदरिया गरेर चार वटा गुट क्रियाशील छन्।
संस्थापन पक्षको नेतृत्व दाहाल आफैले गर्छन्। पूर्व एकता केन्द्रको नेतृत्व नारायणकाजी श्रेष्ठ गर्छन् भने विभिन्न समयमा माओवादी छाडेर पुनः माओवादीमा फर्किनेहरूको नेतृत्व मात्रिका यादवले गर्दै आएका छन्।

माओवादीमा एकीकृत भएका साना वाम पार्टीहरूको नेतृत्व पूर्वमन्त्री गणेश साहले गर्छन्। यो गुट पार्टीभित्र खुदरिया गुटले परिचित छ। साह नेकपा (संयुक्त)बाट आएका हुन्।

“टीका लगाएर पार्टी एकीकरण त गरियो तर योग्यता अनुसारको  जिम्मेवारी पाइएन,” पूर्व एकता केन्द्रबाट आएका एक स्थायी समिति सदस्य भन्छन्, “बाहिरबाट हेर्दा सबै माओवादी जस्तो देखिए पनि अन्तरघुलित भएका छैनौं।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP