मंगलबार , बैसाख २९, २०८३

पछिल्लो २४ घण्टामा देशभर ५९१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ९,६९७ वटा नमूना (पीसीआर ७,६५४ र २,०४३ एन्टीजेन) परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ९३७ जना डिस्चार्ज भएका छन् भने ९ जनाको मृत्यु भएको छ। गत २४ घण्टामा २७ हजार ७०१ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ११ हजार ८७४ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख ५ हजार ५६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९३ हजार ४३० पुगेको छ ।

हालसम्म ७ लाख ८२ हजार ३९३ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार २९३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP