सोमबार , जेठ २७, २०८२

भारतको केरलामा भारी वर्षासँगै आएको बाढीका कारण १५ जनाको मृत्यु भएको छ । अरु थुप्रै मानिस हराइरहेका छन् । कोत्तायाम जिल्लास्थित १२ जनाको मृत्यु भएको छ भने इदुक्की जिल्लामा तीन जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सेना, प्रहरीसहित स्वयंसेवकहरुको टोली उद्वारका लागि बाढी प्रभावित क्षेत्रमा खटिएका छन् । आइतबार ती क्षेत्रमा स्थानीयहरु पनि उद्वारमा खटिएका छन् । बाढी प्रभावित क्षेत्रबाट महिला र बालबालिकासहित ३३ जनाको उद्वार गरिएको राष्ट्रिय प्रकोप उद्वार बलका अधिकारीहरुले जनाएका छन् ।

मौसम विज्ञान विभागका अनुसार विभिन्न ११ जिल्लालाई भारी वर्षाको खतरा उन्मुख क्षेत्रमा सूचीकृत गरिएको छ । प्रकोपको अवस्थाबारे छलफल गर्न शनिबार साँझ मुख्यमन्त्री पिनारायी विजयानले बैठक बोलाएका थिए । साथै उनले अलपत्र परेकाहरुलाई उद्वारका लागि सरकारले हरसम्भव प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । साथै उनले राहतको व्यवस्था गर्नेसमेत बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP