आइतबार , बैसाख ७, २०८२

बडादशैंको नवौं र नवरात्रको अन्तिम दिन आज महानवमी मनाइँदैछ। नौ दिनसम्म गरेको नवरात्र विधि यो तिथिमा सम्पन्न गरिन्छ। नवदुर्गाको प्रसाद भने दशमीको बिहान लगाउने परम्परा रहेको छ।

नवमीमा भगवती दुर्गाको नवौं रूप सिद्धिदात्रीको पूजा–आराधना गरिन्छ। सिद्धिदात्रीको उपासनाले भक्तजनले सिद्धि प्राप्त हुन्छ भन्ने मान्यता छ। चार भुजामा चक्र, गदा, शंख र कमल पुष्प लिएकी, कमलकै आसनमा बसेकी देवीको स्वरूप छ। यिनको आराधनाले मनोरथ पूर्ण हुने विश्वास गरिन्छ।

महानवमीमा अघिल्लो रात गरिएको कालरात्रिको पूर्णताका लागि हवन गर्ने विधान छ। यो दिन खिर, तिल र घिउ मिश्रित चरु देवीलाई हवन गरिन्छ। नवमीमा पनि शक्तिपीठ तथा दशैंघरहरूमा पशुबलि दिने परम्परा छ। शाकाहारीहरूले भने घिरौंला, कुभिण्डो र नरिवलजस्ता वस्तु बलि दिन्छन्। महानवमीका दिन तलेजुको मन्दिर सर्वसाधारणका लागि खुल्छ।

नवरात्रमा दुर्गाका नौ स्वरूपका साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गरिन्छ। देवीका तीन रूपमध्ये महाकालीलाई शक्तिको स्वरूप मानिएको छ। महाकालीको आराधनाले शक्ति प्राप्ति हुने विश्वास गरिन्छ। समृद्धिको कामना गरेर महालक्ष्मीको पूजा आराधना गरिन्छ। विद्या, बुद्धि प्राप्तिका लागि महासरस्वतीको उपासना गरिन्छ।

नवरात्रका समयमा देवीको उपासना गर्ने अनेक विधि छन्, घटस्थापना गरेर विभिन्न देवीको आराधना गर्ने, देवीभागवत, देवीपुराण र दुर्गा सप्तशतीलगायत ग्रन्थ पाठ गर्ने र शक्तिपीठहरूको दर्शन गर्ने।

वर्षमा चार पटक नवरात्र पर्ने पुराणमा उल्लेख छ। शरद ऋतु (असोज) र वसन्त ऋतु (चैत) मा पर्ने नवरात्र विशेष मानिन्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP