मंगलबार , अषोज २७, २०८३

साफ च्याम्पियनसीपको फाइनलमा नेपालको सामना भारतसँग हुने भएको छ । भारतले माल्दिभ्सलाई हराउँदै प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको हो । कप्तान सुनिल क्षेत्रीको दुई गोलको मद्दतले बुधबार भएको खेलमा भारत ३–१ गोलले विजयी बन्यो ।

फाइनलमा प्रवेश गर्नका लागि जित्नै पर्ने दबाबमा रहेको भारतलाई खेलको ३३ औँ मिनेटमा मनवीर सिंहले अग्रता दिलाए । तर पहिलो हाफको अन्त्यतिर पेनाल्टीमार्फत अलि अस्फाकले खेल बराबरी गरे । खेल बराबरीमा सकिएको भए माल्दिभ्स सोझै फाइनलमा पुग्ने स्थिति थियो । तर, दोस्रो हाफमा कप्तान क्षेत्रीले दुई गोल गर्दै भारतलाई जीत दिलाए ।

सात पटकको विजेता भारत सन् २००३ मा मात्र तेस्रो स्थानमा सीमित बनेको छ । टोलीले प्रतियोगिताका पछिल्ला ११ संस्करणमा विजेता या उपविजेता बनेको छ । उता, नेपालले बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । नेपाल साफ च्याम्पियनसीपको फाइनलमा पुगेको यो पहिलो अवसर हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP