सोमबार , जेठ २७, २०८२

जम्मु–कश्मीरमा विद्रोही समूहको आक्रमणमा पाँच जना भारतीय सैनिकको ज्यान गएको छ ।

जम्मु–कश्मीरको पुन्छ जिल्लामा सेनाले चलाइरहेको आतङ्कवाद विरोधी अभियानका क्रममा विद्रोही समूहले गरेको आक्रमणमा परि सेनाका एक अधिकृत र चार जवानसहित पाँच जनाको ज्यान गएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमध्ये दुई जना पञ्जाबका राज्यका छन् ।

पञ्जाब मुख्यमन्त्री चरणजित सिंह चन्नीले आफ्नो राज्यका ज्यान गुमाएका दुई जनाका परिवारलाई ५० लाख रुपैयाँ र दुवै परिवारका एक/ एक जनालाई सरकारी जागिर दिने घोषणा गर्नुभएको छ । गएको हप्ता थुप्रै सर्वसाधारणको हत्या भएपछि सुरक्षा बलले पुन्छमा कारबाही अभियानलाई तीव्र पारेको थियो ।

मुठभेड पछि पनि अप्रेसन चलिरहेको भारतीय सेनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP