मंगलबार , बैसाख २९, २०८३

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा हिजो प्रहरी र सुकुम्वासी भनिएकाहरुबीच झडप भएको छ । उक्त झडपको क्रममा चार जनाको ज्यान नै गएको छ । गृहमन्त्री बालकृष्ण खाँणलेऔद्योगिक क्षेत्रको जग्गा अतिक्रमणबाट जोगाउन निर्देशन दिएका छन् ।

हिजो त्यस्तो घट्ना भएपछि सोमबार गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा मन्त्री खााँणले यस्तो निर्देशन दिएका हुन् । हिजोको घट्नापछि मोतिपुरमा हिजोदेखि नै कर्फ्यू जारी छ ।

सरकारले भने उक्त क्षेत्रमा सुकुम्वासीको नाममा सरकारी जग्गा कब्जा गरिएको निश्कर्ष निकालेको छ । तर, बाहिर भने सुकुम्वासीमाथि सरकारले दमन गरेको भनेर चर्चा भएकोमा पनि गृहमन्त्री खाँणले दुःख व्यक्त गरेका छन् ।

गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायतको बैठकमा गृहमन्त्री खाणले शान्ति सुरक्षा कायम राख्दै औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण हुन नदिन निर्देशन दिएका हुन् । अतिक्रमणकारीले घरेलु हतियार र पेट्रोल बम प्रहार गरेपछि गोली चलाउन बाध्य भएको नेपाल प्रहरीले गृहमन्त्रीलाई जानकारी गराएको छ ।

उता, लुम्बिनी प्रदेश सरकारले रूपन्देहीको मोतीपुर घटनामा मृत्यु भएकाका परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ। सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले मृतकका परिवारलाई एक–एक लाख रुपैयाँ दिने निर्णय गरेका हुन् ।

मुख्यमन्त्री केसीले रूपन्देही मोतीपुरका वास्तविक सुकुम्बासीको समस्या हल गर्न सुकुम्बासी समस्या समाधान सुझाव कार्यदल निर्माण बनाउन निर्देशन दिएका छन्। उनले रूपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई कार्यदल बनाउन निर्देशन दिएका हुन्। सोमबार बसेको सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री केसीले यस्तो निर्देशन दिएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP