सोमबार , भाद्र १५, २०८३

राष्ट्रिय युवा संघ नेपालले रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटना प्रति ध्यानाकर्षण जनाउँदै गृहमन्त्री बालकृष्ण खाणको राजीनामा माग गरेको छ।

युवा संघका अध्यक्ष किरण पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त घटना प्रति युवा संघको गम्भीर ध्यानाकर्षण भएकाे जनाउँदै उक्त घटनका लागि आदेश दिएको भन्दै गृह मन्त्री बालकृष्ण खाणको राजीनामासमेत माग गरेका हुन् । लोकतान्त्रिक मुलुकमा स्थानीय प्रशासन र सरकारले आन्दोलनकारी प्रति देखाएको व्यवहार देशको लोकतन्त्र र मानव अधिकार प्रतिको प्रतिबद्धताको विपरीत रहेकाे भन्दै युवसंघले सरकारको कदमप्रति विरोध जनाएको छ। साथै युवा संघले उक्त घटना प्रति सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंस्थाको समेत ध्यानाकर्षण गराएको छ।

विज्ञप्तिमा लेखिएकाे छ ‘सुकुम्वासी तथा भूमिहीन विषयमा वर्तमान सरकार सुरुवाती दिनदेखि नै उदासीन रहँदै आएको छ। यसकाविरुद्ध हाम्रो संगठन लगातार चरणबद्ध आन्दोलन गर्दै आइरहेको छ।’

प्रशासनले स्थानीयलाई शान्त बनाउने र सहकार्यमा आन्दोलनलाई नियन्त्रण गर्ने ठाउँ हुँदाहुँदै चालेका गलत कदमले चार जनाले ज्यान गुमाउनु परेको युवासंघको भनाइ छ।

आइतबार उक्त क्षेत्रमा आन्दोलन नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर चार जना आन्दोलनकारीको मृत्यु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP