मंगलबार , अषोज २७, २०८३

मुलुकभर पछिल्लो २४ घण्टामा ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार १ सय ९५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ७ हजार २३३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ६ सय ६३ जना र ६ हजार ९६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ९५ हजार ९७७ पुगेको छ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८ सय ८८ जना निको भएर घर फर्किएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ७७ हजार ७ सय २ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार १ सय ९५ जनाको परीक्षण हुँदा हालसम्म कुल ४९ लाख ५१ हजार १९५ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १२ संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २४३ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP