शनिबार , बैसाख २७, २०८२

स्याङ्जाको वालिङ नगरपालिका– १० मदी खोलामा आइतबार साँझ जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । १७ यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा गल्याङ–१० का ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गंगा पल्ली छन् । वालिङबाट गल्याङको लाखुडाँडा जाँदै गरेको ग.१ज ४९१८ नम्बरको जिप कच्ची सडकबाट ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले घाइते दुवैको गह्रौँ प्राथमिक अस्पताल वालिङमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए । उकालो कच्ची सडकमा जिप अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुमान छ । घाइतेमध्ये गम्भीर अवस्थाका ६ जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ । दसैँको वेला वालिङ बजारबाट गाउँतर्फ फर्केका धेरैजसो एउटै वडाका बासिन्दा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP