सोमबार , भाद्र १५, २०८३

स्याङ्जाको वालिङ नगरपालिका– १० मदी खोलामा आइतबार साँझ जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । १७ यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा गल्याङ–१० का ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गंगा पल्ली छन् । वालिङबाट गल्याङको लाखुडाँडा जाँदै गरेको ग.१ज ४९१८ नम्बरको जिप कच्ची सडकबाट ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले घाइते दुवैको गह्रौँ प्राथमिक अस्पताल वालिङमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए । उकालो कच्ची सडकमा जिप अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुमान छ । घाइतेमध्ये गम्भीर अवस्थाका ६ जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ । दसैँको वेला वालिङ बजारबाट गाउँतर्फ फर्केका धेरैजसो एउटै वडाका बासिन्दा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP