सोमबार , भाद्र १५, २०८३

केही वर्षअघिसम्म रुकुमका मानबहादुर ओलीलाई दैनिक गुजारा चलाउन खासै समस्या थिएन। गाउँमा जग्गाजमिन पुग्नेजति थियो। मेहनत गरे पुग्नेजति उत्पादन सहजै लिन सकिन्थ्यो। तर उनको चाहना यतिमै रोकिएन। साथीको लहलहैमा लागेका उनलाई अमेरिकाको प्रलोभनले सतायो। र, यतिखेर त्यही प्रलोभनका कारण उनी घर न घाटका भएका छन्। अमेरिका जान भन्दै पुर्ख्याैली सम्पत्ति बेचेर दलाललाई ४० लाख रूपैयाँ बुझाएका उनको तीन वर्ष बित्दासमेत विदेश यात्रा सफल हुन सकेको छैन।

स्नातकसम्म अध्ययन गरेका ३० वर्षीय ओलीलाई यतिखेर दैनिक गुजारा कसरी चलाउने भन्ने समस्या थपिएको छ। ‘दलाललाई ४० लाख रूपैयाँ बुझाए सहजै अमेरिका जान पाइने आश्वासन पाएपछि भएको सबै पुख्र्यौली सम्पत्ति बेचें,’ उनले भने, ‘तर अहिलेसम्म मेरो अमेरिका यात्रा सफल हुन नसक्दा घर न घाटको भएको छु।’

उनलाई दलालले अमेरिका पठाउन भन्दै मेक्सिकोसम्म पुर्‍याएका पनि हुन्। मेक्सिकोबाट अमेरिका छिर्ने क्रममा सुरक्षाकर्मीले पक्राउ गरेपछि उनी अघिल्लो वर्ष नेपाल फर्काइए। ‘केही घन्टापछि अमेरिका छिर्ने सूचना आइरहेका बेला सुरक्षाकर्मीले पक्राउ गरेर जेलमा हाले,’ उनले भने, ‘करिब ६ महिना जेल बसेपछि अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा नेपाल फर्कन पाएँ।’ उनी अन्य तीन नेपालीसहित दुई पाकिस्तानी र बाँकी बंगाली गरी ११ जना सँगै पक्राउ परेको बताउँछन्। नेपाल फर्केपछि मात्र आफ्नो र परिवारको बिचल्ली हुन थालेको उनको भनाइ छ। ‘जुन व्यक्तिले रकम लिएको थियो, त्यो नेपालमा छैन,’ उनले भने, ‘फोनबाट रकम फिर्ता माग्दा अनेक कुरा गर्छ, रकम फिर्ता माग्दा अलमल गरिरहेको छ।’ याे खबर नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP