
बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । मृतकको पहिचान खुलिसकेको छैन ।
भैरहवा मेडिकल कलेज लैजाने क्रममा गोली लागेका तीन जनाको मृत्यु भएको हो । एक जनाको अवस्था अझै गम्भीर रहेको छ । मेडिकल कलेजमा अहिले ५ जना प्रहरी र ५ जना सर्वसाधारणको उपचार भइरहेको छ ।
लुम्बिनी प्रदेश अस्पतालमा पनि गोली लागेका ६ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ । प्रहरी स्रोतका अनुसार १५ जना सर्वसाधरण र १६ जना प्रहरी घाइते भइ उपचारत रहेका छन् । आइतबार विहानैबाट झडप हुँदै आएको थियो भने दिउँसो प्रहरीले गोली चलाएको थियो । औद्योगिक क्षेत्रमा अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको हो भने तनाव शान्त नभएपछि स्थानीय प्रशासनले साँझदेखि मोतिपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
यसैबीच घटना भएको क्षेत्रमा बाक्लो संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।