शनिबार , बैसाख २७, २०८२

बुटवल मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी र प्रहरीबीच भएको झडपमा परी एक जनाको मृत्यु छ । अन्य २० जना घाइते भएका छन् । लुम्बिनी प्रदेशका डीआईजी मुकुन्दराज आचार्यले अहिलेसम्म एक जनाको मृत्यु र २० जना घाइते भएको जानकारी दिए । उनकाअनुसार मृतकको नाम खुलेको छैन ।

सुकुम्बासीले औद्योगिक क्षेत्रको जग्गा छोड्न नमान्दा आज दिउँसो २ घण्टासम्म प्रहरी र सुकुम्बासीबीच झडप भएको थियो ।

प्रहरीकाअनुसार सुकुम्बासीले ढुङ्गामुढा प्रहार गर्दा प्रहरीले हवाइफायर, अश्रुग्याँस र गोली प्रहार गरेको हो । तीनदिनदेखि प्रहरीले बुटवल उपमहानगरपालिका १४ मोदीपुरको औद्योगिक क्षेत्रमा अनाधिकृत रूपमा बसोबास गरेका सुकुम्बासीको टहरा भत्काउँदै आएको थियो । टहरा भत्काउने क्रममा गएराति प्रहरीले एक जना सुकुम्बासीलाई पक्राउ गरेको थियो । त्यसपछि आक्रोशित बनेका सुकुम्बासी र प्रहरीबीच आज झडप भएको हो ।

प्रहरीले भने आफूहरूमाथि ढुङ्गा प्रहार भएपछि स्थिति नियन्त्रणमा लिन गोली चलाएको दाबी गरेको छ । ‘‘घटनास्थलमा प्रहरी टोली खटाउने अवस्था छैन । अहिले पनि सुकुम्बासीहरूले औद्योगिक क्षेत्र छाड्न मानेका छैनन् । अहिले स्थिति केही नियन्त्रणमा आएको छ । प्रहरीले सुकुम्बासीलाई औद्योगिक क्षेत्रबाट हटाउन खोज्दा ढुङ्गामुडा प्रहार भयो । घटना नियन्त्रण बाहिर गएपछि प्रहरीले गोली चलाइएको हो,” डीआईजी आचार्यले भने ।

प्रहरीकाअनुसार अहिले पनि सुकुम्बासीको ढुङ्गामुडा हुने क्रम रोकिएको छैन । ‘‘अहिले बाहिर भिडभाड छ । औद्योगिक क्षेत्रमा प्रहरी खटाउने अवस्था छैन । फेरि पनि झडप हुने सम्भावना छ,” उनले भने, ‘‘अहिलेसम्म प्रहरीले २० जनालाई उद्धार गरेर अस्पताल पुर्‍याइएको छ । यसमा प्रहरी इन्सपेक्टर पनि घाइते भएका छन् ।”

जिल्ला प्रशासन कार्यालय रूपन्देहीका अनुसार औद्योगिक क्षेत्रमा देशभरका विभिन्न क्षेत्रबाट आएका सुकुम्बासीहरू बसोबास गर्दै आएका छन् । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले लामो समय औद्योगिक क्षेत्रमा सुकुम्बासीहरूले अस्थायी टहरा बनाएर बसिरहेको र उनीहरूले हट्न नमानेको बताए ।

पुनः झडप हुनसक्ने भन्दै प्रशासनले अर्को सूचना जारी नभएसम्म कफ्र्यू लगाएको छ । पूर्वमा तिनाहु बुटवल उपमहानगरपालिका वडा १७ शिवनगरदेखि वडा नम्बर १८ सौरहिया पुलसम्म, पश्चिममा हरिहर पुलको खेतियोग्य जमिन वडा नम्बर १७, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका वडा नम्बर १८ औद्योगिक करिडोरको जमिन धन्दापुर सौरहियासम्म कफ्र्यू लगाएको छ ।

देशभर विभिन्न जिल्लाबाट आएका सुकुम्बासीले औद्योगिक क्षेत्रको करिब २०० विघा जग्गामा ४०० वटा टहरा बनाएका छन् । सुकुम्बासीले अनाधिकृत रूपमा टहरा बनाएको क्षेत्रलाई सरकारले २०७२ सालमा औद्योगिक क्षेत्र घोषणा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP