शनिबार , बैसाख २७, २०८२

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्‍मा ६ मन्त्री र ४ राज्यमन्त्री थपिएका छन् । मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबार नयाँ मन्त्री नियुक्त गर्दै १७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।नवनियुक्त सबै मन्त्रीहरुले आइतबार नै प्रदेश प्रमुख कार्यालयमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ लिएका छन् ।

६ मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले र ४ राज्यमन्त्रीलाई मुख्यमन्त्री केसीले शपथ गराएका थिए । कांग्रेस, माओवादी, जसपाको गठबन्धनबाट गत साउन २८ मा ७ सदस्यीय मन्त्रीमण्डल गठन भएको थियो ।

लुम्बिनीमा कांग्रेसका ४ मन्त्री र २ राज्यमन्त्री, माओवादीको मुख्यमन्त्रीसहित ४ मन्त्री र २ राज्यमन्त्री, जसपाका ३ मन्त्री, नेकपा (एकीकृत समाजवादी)का एक मन्त्री र एक स्वतन्त्र सांसद पनि मन्त्री बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP