सोमबार , भाद्र १५, २०८३

न्यायको मागसहित नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं आएका १४ जनालाई प्रहरीले तितरबितर पारेको छ । बुधबार काठमाडौं आइपुगेका उनीहरूले शुक्रबारदेखि माइतीघरमा रिले अनशन सुरु गरेका थिए ।तर, प्रहरीले उनीहरूमाथि धरपकड गर्दै राति साढे १० बजेतिर रानीवनस्थित मानव सेवा आश्रम पुर्‍याएको थियो । आश्रमकी केन्द्रीय सदस्य सिर्जना ओलीले मध्यरातमा प्रहरीले १३ जनालाई ल्याएर राखेको बताइन् । ५/७ जनाको प्रहरी टोली रातभर आश्रममै खटिएका थिए ।

आन्दोलनको अग्रभागमा खटिएकी रुबी खानलाई भने प्रहरीले महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको थुनामा राखेको थियो । वृत्तका प्रमुख डीएसपी दुर्गा दाहालले अरू वृत्तबाट पनि ल्याएर राखिने भएकाले रुबीलाई थुनामा राखिएको बारे थाहा नभएको प्रतिक्रिया दिए । वृत्त स्रोतका अनुसार सिंहदरबार वृत्तको महिला थुनाकक्ष भरिएकाले रुबीलाई सोह्रखुट्टे पठाइएको थियो ।

रातभर आश्रम राखिएकाहरू भने शनिबार छुटेर फेरि माइतीघर पुगेका थिए । खानलाई भेट्न उनीहरू सोह्रखुट्टे वृत्त पनि पुगे । टोलीमा सहभागी सतिना तेलीले आफूहरूले पाँच मिनेट मात्रै रुबीलाई भेटन पाएको र उनले थुनाभित्रै आमरण अनशन सुरु गरेको बताइन् । सतिनाका अनुसार टोलीले शुक्रबार मध्याह्न गृह मन्त्रालय पुगेर आफूहरू न्यायको खोजीमा आउनुको कारणबारे बुझाएका थिए । ‘मन्त्रालयका अधिकृतले प्रदेश डीआईजीबाट छानबिन हुन्छ, तपाईंहरू अनशन बस्न पर्दैन भने,’ तेलीले भनिन्, ‘तर लिखित प्रतिबद्धता नपाएसम्म धर्ना र आन्दोलन जारी राख्छौं ।’

न्याय माग्दा धरपकड

बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको र बाँके परस्पुरगाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा चित्तबुझ्दो अनुसन्धान नभएको उनीहरूको भनाइ छ । सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीको मागसहित १४ जनाको टोली नेपालगन्जबाट आएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP