मंगलबार , बैसाख २९, २०८३

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेतृत्वको सरकार रहेका बेला भएका भ्रष्ट्राचारको छानबिन गर्न सरकारको ध्यानकार्षण गराएका छन् ।

काभ्रेमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपलाले ओली सरकारले गरेका भ्रष्ट्राचारको छानविन हुनेपर्ने बताए । संसारमा जुनसुकै ठूला ओहोदाको व्यक्ति भएपनि भ्रष्टाचारको छानबिन कारबाही हुने गरेको भएपनि अघिल्लो सरकारको पालामा भएका भ्रष्ट्रचारको छनविन नभएको भन्दै उनले असन्टुष्टि व्यक्त गरे ।

उनले भने, ‘यति होल्डिङमाथि छानबिन भएन । झापाको चिया बगान,ओम्नी, हवाइजहाज, औषधि खरिद प्रकरणमा छानबिन भएन । बरु प्रोत्साहन र ढाकछोप गर्ने काम भयो । त्यसको छानविन वर्तमान सरकारले एका-एक गर्नुपर्छ।’

उनले बिगतका सरकारहरुको गल्तीबाट वर्तमान सरकारले पाठ सिक्नुपर्ने पनि बताएका छन् । उनले अनुचित कार्यलाई कहिल्यौ छुट दिन नसकिने बताउँदै सरकारका मन्त्रिहरुलाई राम्रो काम गर्न पनि निर्देशन दिएका थिए ।

ओलीले माफी मागे नयाँ ढंगले सोच्न सकिने

कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओलीले माफी मागे नयाँ ढंगले सोच्न सकिने पनि बताएका छन् । यद्यपि उनले ओली सुध्रिने आशा आफ्रूमा नरहेको उनले दावी गरे ।

‘ओलीले आफ्नो गल्ती स्वीकार गरेर माफी माग्छन् भने हामी नयाँ ढङ्गले सोच्न सक्छौँ। तर केपी ओलीले कुर्सी बचाउन प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको ठान्छन् ठान्नुपर्यो,’ अध्यक्ष नेपालले भने, ‘पार्टीभित्र गलत तरिका अपनाएँ भनेर स्वीकार गर्नुपर्यो, देशलाई राम्रोसँग हाक्न नसकेको भनेर ठान्नुपर्यो । भ्रष्टाचारमा सरकार चुर्लुम्म डुब्यो, त्यसको जिम्मेवारी मेरो हो भनेर स्वीकार गर्नुपर्यो।’

अध्यक्ष नेपालले संसदमा आफूहरु शक्तिको रुपमा उदाउन सक्छौँ भनेर कसैले पनि बिश्वास नगरेको बताए । ओलीले नेकपा एकीकृत समाजवादीलाई कानुनी मान्यता नदिन ठूलो दवाव दिएकोसमेत चर्चा गरेका थिए ।

तर उनको दवाबको बाबजुत सफलता मिलेको अध्यक्ष नेपालले दावी गरेका छन् । त्यसको फलस्वरुप ओलीले हाल कानुन, मिडिया, नागरिक समाज, निर्वाचन आयोग र सभामुखसम्मलाई हुर्मत गरिरहेको आरोप अध्यक्ष नेपालले लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP