आइतबार , बैसाख ७, २०८२

पछिल्लो २४ घन्टामा नेपालमा ७ सय ६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। ६ हजार १६८ नमुनाको पिसिआर र ५ हजार ८६३ नमुनाको एन्टिजेन विधिबाट गरी १२०३१ को नमुना परीक्षणमा सो परिमाणमा संक्रमित थपिएका हुन् ।

परीक्षण गरिएकामध्ये पिसिआर विधिबाट ६३६ र एन्टिजेन विधिबाट १२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २२१ पुगेको छ।

शनिबार थप ८ सय ९९ जना कोरोनामुक्त भएका छन्। कोरोनाका सक्रिय संक्रमितको संख्या १५ हजार ३४० पुगेको छ। सक्रिय संक्रमितमध्ये ३१७ जनाको भेन्टिलेटरमा र ११३ जनाको आइसियूमा उपचार भइरहेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९०९९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP