मंगलबार , बैसाख २९, २०८३

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको नागरिकताका समस्या चाँडै समाधान हुने बताएका छन् । विगत लामो समयदेखि नागरिकता नपाएर समस्या भोग्दै आएका अधिकांश मधेसी जनतालाई गठबन्धन सरकारले छिटै नागरिकता वितरण गर्ने योजना रहेको प्रचण्डले बताएका हुन् ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित मुख्य प्रशासनिक भवनको उद्घाटन सभालाई सम्बोधन गर्दै प्रचण्डले आफूलाई मधेसी जनतासँग प्रेम रहेको बताउँदै आफू मधेसी जनताको नागरिकताको समस्या समाधान गर्न र मधेसी जनताको हक अधिकार स्थापित गराउन भरपुर पहल गर्ने प्रतिबद्धता जाहेर गरे । उनले सुकुम्वासीलाई पनि छिटै पुर्जा वितरण गराउने योजना रहेको जिकिर गर्दै त्यसैका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय आफ्नो कोटामा पारी जिम्मेवारी लिएको बताए । उनले अब सुकुम्वासीलाई पुर्जा वितरण गर्ने गृहकार्य छिटै अगाडी बढाइने र सुकुम्वासीका समस्या दीर्घकालीन रूपमा समाधान गर्ने जानकारी दिए ।

प्रचण्डले गाउँ गाउँमा सिंह दरबार आएको जिकिर गर्दै गाउँपालिकाबाट प्रवाह हुने सेवा र गरिने विकासलाई गुणस्तर र छिटोछरितो बनाई जनतालाई त्यसको आभास दिलाउन पालिकालाई सुझाव दिए । साथै उनले यस पालिकाको विभिन्न क्षेत्रको विकासका लागि माग आएको खण्डमा आवश्यक बजेटका लागि आफू पहल गरिदिने विश्वास दिलाए ।

सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले पनि पालिकालाई आवश्यक बजेट र कार्यक्रम प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा प्रतिनिधि सभा सदस्य पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कँडेल, गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता, लोसपााका जिल्ला अध्यक्ष मुकुरजी गिरी, गाउँपालिकाकी उपाध्यक्ष पावित्री कोहार, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त प्रशासनिक भवन ९ करोड ३४ लाख ९९ हजार रुपैयाँको लागतमा निर्माण भएको पालिकाले जनाएको छ । कार्यक्रममा जिल्लाका विभिन्न जनप्रतिनिधि र नेताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP