सोमबार , जेठ २७, २०८२

चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानसँगको एकीकरण पूरा हुनुपर्ने बताउनुभएको छ । राष्ट्रपति सीले शान्तिपूर्ण रूपमा एकीकरण हुनुपर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

विभाजनलाई विरोध गर्ने चिनियाँ नागरिकको परम्परा रहेको भन्दै उहाँले एकीकरणमा जोड दिनुभएको छ । राष्ट्रपति सीको भनाइमा प्रतिक्रिया दिँदै ताइवानको राष्ट्रपति कार्यालयले ताइवानको भविष्य त्यहाँकै नागरिकको हातमा रहेको बताएको खबरमा उल्लेख छ ।

ताइवानले आफूलाई एक सार्वभौम देशका रूपमा मान्छ भने चीनले ताइवानलाई एक अलग प्रान्तका रूपमा हेर्छ । पछिल्लो एक हप्तामा ताइवानी आकाशमा एक सय ५० भन्दा धेरै चिनियाँ सैनिक विमानको उडानपछि राष्ट्रपति सीको यस्तो भनाइ बाहिर आएको हो । चिनियाँ राष्ट्रपति सीले ताइवानसँग एक देश – दुई प्रणाली अन्तर्गत शान्तिपूर्ण रूपमा एकीकरण गर्न चाहेको बताउनुभएको छ । ताइवानले भने चीनलाई घुसपैठ, उत्पीडन र उत्तेजक कदम रोक्न आग्रह गरेको छ । चीन र ताइवान सन् १९४० को दशकमा गृहयुद्धका क्रममा विभाजित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP