आइतबार , बैसाख ७, २०८२

चौथो संस्करणको एभरेष्ट प्रिमियर लीग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि आज चितवन र पोखरा भिड्दै छन् ।

त्रिवि क्रिकेट मैदानमा सवा १२ बजे हुने फाइनलमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।सोमपाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो ।

चितवनका कप्तान सोमपाल कामीले फाइनलमा आफ्नो टिमले जित प्रमाणित गर्नेमा विश्वस्त रहेको बताएका छन् । पहिलो क्वालिफायरमा चितवनले पोखरालाई नै हराएर फाइनलमा स्थान पक्का गरेको थियो ।

तर, दोस्रो क्वालिफायरमा पोखराले भैरहवा ग्लाडियटर्सलाई हराएर फेरि चितवनसँगको भेट पक्का गरेको थियो । पोखराका कप्तान विनोदले फाइनलमा राम्रो खेल्दै उपाधि जित्ने बताएका छन् ।

यसै संस्करणको अघिल्ला दुई भेटमा चितवनले पोखरालाई हराएको थियो । लीग चरण र क्वालिफायरमा चितवनले समान ९ विकेटको जित निकालेको थियो ।

चितवन उक्त जितलाई कायम राख्न चाहन्छ । तर, पोखरा भने फाइनलमा दुई हारको बदला लिन चाहन्छ । यस संस्करणको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP