मंगलबार , अषोज २७, २०८३

पछिल्लो डेढ महिनामा नेपालमा कोरोना सङ्क्रमणदर ६० प्रतिशत भन्दा धेरैले घटेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भदौको १ गते कोरोना सङ्क्रमणदर १८ प्रतिशत रहेकोमा असोजको तेस्रो हप्तासम्म सङ्क्रमणदर ६/७ प्रतिशतको हाराहारीमा झरेको छ। हिजो परीक्षण गरिएका नमुनामध्ये सात दशमलव १४ प्रतिशतमा मात्रै कोरोना देखिएको छ ।

डेढ महिनाको बीचमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६० प्रतिशत भन्दा धेरैले घट्नु निकै खुसीको र सकारात्मक विषय भए पनि अझै जोखिम नसकिएको भन्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैसँग अनुरोध गरेको छ ।

नागरिक जति धेरै जिम्मेवार बन्छन्, महामारी नियन्त्रणमा उत्तिकै सजिलो हुने मन्त्रालयको भनाइ छ । नियमित काम गर्दा होस् या चाडपर्व मनाउँदा, जनस्वास्थ्यका मापदण्डलाई सदैव पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि उल्लेख्य घटेको छ । भदौको पहिलो हप्ता नेपालमा ४० हजार तीन सय ३८ जना सक्रिय सङ्क्रमित रहेकोमा असोजको तेस्रो हप्ता अर्थात हिजो सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ६ सय १४ जनामा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP