सोमबार , जेठ २७, २०८२

बेलायतले नेपाललाई यात्रा प्रतिबन्धित मुलुकहरूको रातो सूची (रेड लिष्ट) बाट हटाएको छ । बेलायत सरकारले बिहीबार एक सूचना जारी गर्दै आगामी ११ अक्टोबर सोमबार बिहान ४ बजेदेखि लागू हुने गरी नेपाललाई उक्त सूचीबाट हटाएको हो ।

बेलायतले कोभिडको कारण देखाउँदै नेपाल लगायत ५४ वटा मुलुकलाई रेड लिस्ट’ मा राखे पनि पछिल्लो समय दक्षिण एशियाका देशहरू मध्ये नेपाललाई मात्र ‘ रेड लिष्ट’ मा कायम राखेको थियो ।

बेलायतले अहिले नेपाललाई ‘रेड लिष्ट’बाट हटाए पनि पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हाइटी र द डोमिनिकन रिपब्लिक गरि ७ देशलाई भने ‘रेड लिस्ट’ मा नै कायम राखेको छ ।

नेपाललाई रेड लिष्टबाट हटाए पछि बेलायत आउन चाहने नेपालीहरूलाई सहज हुने भएको छ । यस अघि नेपालबाट सिधै बेलायत आउन निकै समस्या थियो ।
नेपालबाट सिधै बेलायत आउने यात्रुले पुरा १० दिन होटल क्वारेन्टाइन बस्दा एक कोठाको प्रति व्यक्ति २,२८५ पाउन्ड (करिव पौने चार लाख रुपैयॉ), ११ वर्ष माथिकाले अतिरिक्त प्रति व्यक्ति १,४३० पाउन्ड (करिव दुई लाख ३३ हजार रुपैयॉ) र ५ देखि ११ वर्षका बालबालिकाले अतिरिक्त ३२५ पाउन्ड ९ करिव ५३ हजार रुपैयॉ० तिर्नुपर्ने थियो ।

त्यस बाहेक ‘एम्बर लिष्ट’ मा परेका देशहरूमा पुरा दश रात बिताएर बेलायत आई ‘होम क्वारेन्टाइन’ बस्न सकिने प्रावधान पनि थियो । तर ती दुवै प्रावधान नेपालीका लागि खर्चालु र झण्झट पूर्ण थियो ।

नेपाल रेड लिष्टबाट हटे संगै बेलायतको महँगो होटल क्वारेन्टाइनको बाध्यकारी नियम हटेको छ । यद्यपि बेलायत आउन पीसीआर टेस्टको नेगेटिभ रिपोर्ट भने आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP