शनिबार , भाद्र १३, २०८३

बेलायतले नेपाललाई यात्रा प्रतिबन्धित मुलुकहरूको रातो सूची (रेड लिष्ट) बाट हटाएको छ । बेलायत सरकारले बिहीबार एक सूचना जारी गर्दै आगामी ११ अक्टोबर सोमबार बिहान ४ बजेदेखि लागू हुने गरी नेपाललाई उक्त सूचीबाट हटाएको हो ।

बेलायतले कोभिडको कारण देखाउँदै नेपाल लगायत ५४ वटा मुलुकलाई रेड लिस्ट’ मा राखे पनि पछिल्लो समय दक्षिण एशियाका देशहरू मध्ये नेपाललाई मात्र ‘ रेड लिष्ट’ मा कायम राखेको थियो ।

बेलायतले अहिले नेपाललाई ‘रेड लिष्ट’बाट हटाए पनि पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हाइटी र द डोमिनिकन रिपब्लिक गरि ७ देशलाई भने ‘रेड लिस्ट’ मा नै कायम राखेको छ ।

नेपाललाई रेड लिष्टबाट हटाए पछि बेलायत आउन चाहने नेपालीहरूलाई सहज हुने भएको छ । यस अघि नेपालबाट सिधै बेलायत आउन निकै समस्या थियो ।
नेपालबाट सिधै बेलायत आउने यात्रुले पुरा १० दिन होटल क्वारेन्टाइन बस्दा एक कोठाको प्रति व्यक्ति २,२८५ पाउन्ड (करिव पौने चार लाख रुपैयॉ), ११ वर्ष माथिकाले अतिरिक्त प्रति व्यक्ति १,४३० पाउन्ड (करिव दुई लाख ३३ हजार रुपैयॉ) र ५ देखि ११ वर्षका बालबालिकाले अतिरिक्त ३२५ पाउन्ड ९ करिव ५३ हजार रुपैयॉ० तिर्नुपर्ने थियो ।

त्यस बाहेक ‘एम्बर लिष्ट’ मा परेका देशहरूमा पुरा दश रात बिताएर बेलायत आई ‘होम क्वारेन्टाइन’ बस्न सकिने प्रावधान पनि थियो । तर ती दुवै प्रावधान नेपालीका लागि खर्चालु र झण्झट पूर्ण थियो ।

नेपाल रेड लिष्टबाट हटे संगै बेलायतको महँगो होटल क्वारेन्टाइनको बाध्यकारी नियम हटेको छ । यद्यपि बेलायत आउन पीसीआर टेस्टको नेगेटिभ रिपोर्ट भने आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP