मंगलबार , बैसाख २९, २०८३

डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डिएन्स युएईमा जारी इन्डियन प्रिमियर लिगको समूह चरणबाटै बाहिरिएको छ।

शुक्रबार राति अबुधाबीस्थित शेख जायद स्टेडियममा सम्पन्न समूह चरणको अन्तिम खेलमा सनराइजर्स हैदरावादलाई ४२ रनले हराए पनि नेट रन रेटका आधारमा कोलकातासँग पछि परेपछि मुम्बईको यो सिजन यात्रा सकिएको हो।

खेलमा मुम्बईले पहिले ब्याटिङ गर्दै २३५ रन बनाएको थियो। जसमा नेट रन रेटमा कोलकातालाई पछि पार्न ६५ रन या त्यो भन्दा कम योगफलमा हैदरावादलाई समेट्न सक्नुपर्थ्यो त्यसमा मुम्बई असफल रह्यो।

मुम्बई र कोलकाताले समान १४ खेलमा समान ७ जित र ७ हार बेहोर्दै १४ अंक बटुले पनि कोलकाता नेट रन रेटमा अघि रहँदै चौंथो स्थानमा रहेर प्लेअफ प्रवेश गरेको हो। कोलकाताको नेट रन रेट +०.५८७ छ भने मुम्बईको +०.११६ छ।

मुम्बईले दिएको २३६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा हैदरावादले पुरै २० ओभर ब्याटिङ गर्दै ८ विकेट गुमाएर १९३ रन मात्र बनाउन सक्यो।

हैदरावादका लागि कप्तान मनिष पाण्डेले ४१ बलमा ७ चौका र २ छक्का मद्दतले ६९ रन बनाए भने जेसन रोयले ३४, अभिषेक शर्माले ३३ तथा प्रियम गर्गले २९ रन बनाए पनि जितको लागि पर्याप्त रहेन।

मुम्बईका जस्प्रित बुम्राह, नाथन कोल्टर नाइल र जेम्स निशमले समान २-२ विकेट लिए। यस्तै ट्रेन्ट बोल्ट र पियुष चावलाले समान १-१ विकेट हात पारे पनि टोलीलाई प्लेअफ पुर्‍याउन सकेनन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको थियो। यो योगफल मुम्बईको आईपीएल इतिहासकै सबैभन्दा ठुलो योगफल हो। यस अघि मुम्बईले २०१७ मा पन्जाब बिरुद्ध २२३ रन बनाएको थियो जुन रेकर्ड तोडिएको हो।

मुम्बईका लागि ओपनर इशान किशनले सर्वाधिक ८४ रन तथा सूर्यकुमार यादवले ८२ रन बनाए। किशनले ३२ बलमा ११ चौका र ४ छक्का तथा यादवले ४० बलमा १३ चौका र ३ छक्का प्रहार गरे। कप्तान रोहित शर्माले १८, काईरन पोलार्डले १३ तथा हार्दिक पान्ड्याले १३ रन योगदान दिए।

आक्रामक ब्याटिङ गरेका किशनले मात्र १६ बलमा अर्धशतक पुरा गरेका थिए जुन मुम्बईको लागि आईपीएल इतिहासकै छिटो अर्धशतक हो। किशनले पावरप्लेको ६ ओभरमै ६३ रन बनाएका थिए जुन आईपीएल इतिहासमै पावरप्लेको ६ ओभर भित्र बनाएको तेस्रो सर्वाधिक रन हो।

हैदरावादका लागि जेसन होल्डरले सर्वाधिक ४ विकेट लिए। यस्तै राशिद खान र अभिषेक शर्माले समान २-२ विकेट लिए भने उम्रान मलिकले १ विकेट हात पारे।

आईपीएलको प्लेअफ समीकरण पुरा

समूह चरणका खेल सकिएसँगै प्लेअफ समिकरण पुरा भएको छ। सबै टिमले १४ खेल खेलेका छन् जसपछि प्लेअफ समीकरण समेत तय भएको हो। दिल्ली क्यापिटल्स २० अंकसहित शीर्ष स्थानमा रहँदा चेन्नाई १८ अंक सहित दोस्रो, बैंगलोर १८ अंकसहित तेस्रो तथा कोलकाता १४ अंक सहित चौंथो स्थानमा रहेर प्लेअफ पुगे।

लिगको प्लेअफ चरणको खेलहरु आइतबारदेखि सुरु हुनेछन्।

पहिलो क्वालिफायरमा आइतबार राति दिल्ली क्यापिटल्स र चेन्नाई सुपर किंग्स प्रतिस्पर्धा गर्नेछन्, जसको विजेता फाइनल पुग्नेछ। यस्तै इलिमिनेटरमा अक्टोबर सोमबार बैंगलोर र कोलकाताबीच प्रतिस्पर्धा हुनेछ। जसको विजेताले फाइनल प्रवेशको लागि पहिलो क्वालिफायरको उपविजेतासँग अक्टोबर १३ मा खेल्नेछ। फाइनल खेल अक्टोबर १५ तारिखमा दुबईमा खेलिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP