मंगलबार , अषोज २७, २०८३

अफगानिस्तानको उत्तरी सहर कुन्दुजस्थित एक मस्जिदमा शुक्रबार भएको बम विस्फोटमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । अगस्टमा तालिबानले सत्ता नियन्त्रणमा लिएपछि भएको यो अर्को हिंसात्मक घटना हो ।

‘हामीसँग ९० जनाभन्दा बढी घाइतेहरु उपचारका लागि आएका छन् । यो संख्या बढ्न सक्छ । अरु धेरै मान्छेहरु पनि आइरहेका छन्’ नाम उल्लेख नगर्ने सर्तमा बोर्डर अस्पतालका एक चिकित्सकले एनडीटीभीलाई भने ।

तालिबान प्रवक्ता जाबिहुल्ला मुजाहिदले पनि कुन्दुजको सिद मुस्लिम समुदायको प्रार्थनाको समयमा उक्त विस्फोटमा केही अपरिचित मान्छेहरु मारिएको र घाइते भएको विवरण आफूले पाएको बताए ।

यो विस्फोटको जिम्मा कसैले नलिएपनि पछिल्ला हिंसाका घटनाहरुमा तालिबानसँग राम्रो सम्बन्ध नरहेको आतंकवादी संगठन इस्लामिक स्टेट दोषी पाइएको छ ।
रगत आवश्यक भएपछि दान गर्न अस्पताल पुगेका स्थानीय व्यापारी जालमाइ अलोकजाइले त्यहाँ देखिएको रक्तपातपूर्ण अवस्थाको वर्णन गरे । ‘मैले त्यहाँ ४० भन्दा बढी शवहरु देखेँ’ समाचार एजेन्सी एएफपीलाई उनले भने, ‘एम्बुलेन्सहरु अन्य शव ल्याउन घटनास्थल गैरहेका थिए ।’

एमएसएफ अस्पताल पुगेको अन्तर्राष्ट्रिय स्वयंसेवक कार्यकर्ताले मृतकको संख्या अझै बढ्न सक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 243 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP