सोमबार , जेठ २७, २०८२

अफगानिस्तानको उत्तरी सहर कुन्दुजस्थित एक मस्जिदमा शुक्रबार भएको बम विस्फोटमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । अगस्टमा तालिबानले सत्ता नियन्त्रणमा लिएपछि भएको यो अर्को हिंसात्मक घटना हो ।

‘हामीसँग ९० जनाभन्दा बढी घाइतेहरु उपचारका लागि आएका छन् । यो संख्या बढ्न सक्छ । अरु धेरै मान्छेहरु पनि आइरहेका छन्’ नाम उल्लेख नगर्ने सर्तमा बोर्डर अस्पतालका एक चिकित्सकले एनडीटीभीलाई भने ।

तालिबान प्रवक्ता जाबिहुल्ला मुजाहिदले पनि कुन्दुजको सिद मुस्लिम समुदायको प्रार्थनाको समयमा उक्त विस्फोटमा केही अपरिचित मान्छेहरु मारिएको र घाइते भएको विवरण आफूले पाएको बताए ।

यो विस्फोटको जिम्मा कसैले नलिएपनि पछिल्ला हिंसाका घटनाहरुमा तालिबानसँग राम्रो सम्बन्ध नरहेको आतंकवादी संगठन इस्लामिक स्टेट दोषी पाइएको छ ।
रगत आवश्यक भएपछि दान गर्न अस्पताल पुगेका स्थानीय व्यापारी जालमाइ अलोकजाइले त्यहाँ देखिएको रक्तपातपूर्ण अवस्थाको वर्णन गरे । ‘मैले त्यहाँ ४० भन्दा बढी शवहरु देखेँ’ समाचार एजेन्सी एएफपीलाई उनले भने, ‘एम्बुलेन्सहरु अन्य शव ल्याउन घटनास्थल गैरहेका थिए ।’

एमएसएफ अस्पताल पुगेको अन्तर्राष्ट्रिय स्वयंसेवक कार्यकर्ताले मृतकको संख्या अझै बढ्न सक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP