सोमबार , बैसाख ८, २०८२

कतार सरकारले गैरकानुनी रुपमा बसेका नेपालीसहित आप्रवासी श्रमिकलाई कैद वा जरिवानाबिना वैध हुन पाउने घोषणा गरेको छ । आन्तरिक मन्त्रालयका अनुसार अक्टोबर १० देखि डिसेम्बर ३१ गतेभित्र आफ्नो गैरकानुनी हैसियतलाई वैध बनाउन पाउने भएको हो । यो श्रम (काम गर्न पाउने) भिसा र परिवार भ्रमण भिसाको अवधि समाप्त भएर बसेकाहरुको हकमा लागू हुनेछ ।

कतारले यसअघि २०१७ मा आममाफी दिएको थियो । यो समयभित्र आफ्नो कानुनी हैसियत वैध बनाउन मिल्ने मन्त्रालयको भनाइ छ । कतार सरकारले गैरकानुनी हैसियतमा बसेकाहरुले उम सलाल, सनैया, मिसैमिर, अल वर्का र अल रैयानस्थित सेवा केन्द्रमार्फत आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ । ती श्रमिकहरु सिधै सनैयास्थित खोज तथा अनुगमन विभाग (सीआईडी भनेर चिनिने कार्यालय)मा समेत जान पाउनेछन् ।

कम्पनीले भिसा नवीकरण नगरिदिएको वा कम्पनी छाडेर अन्यन्त्र काम गरिरहेका श्रमिकहरुले आफूलाई कानुनी हैसियत प्रदान गर्न सक्नेछ । कतारले कम्पनी परिवर्तन गर्न पाउने नियम ल्याएपछि मात्रै कम्पनी छाडेर भाग्ने प्रवृत्तिमा कमी आएको छ । त्यसअघि तलब नपाएका र बन्द भएका कम्पनीका कामदारहरु भाग्ने गरेका थिए ।

कतारमा गैरकानुनी हैसियतमा बसेका नेपाली श्रमिकको संख्या एकिन नभएको नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP