आइतबार , बैसाख ७, २०८२

नेपाललाई क्यानडा र माल्दिभ्सले एस्ट्राजेनेका खोप अनुदानमा उपलब्ध गराउने भएका छन्। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार क्यानडाले कोभ्याक्स सुविधामार्फत ४ लाख डोज खोप दिने भएको छ। त्यसैगरी माल्दिभ्सले दुई लाख ३० हजार डोज खोप अनुदानमा उपलब्ध गराउने बताइएको छ।

व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले भने, ‘क्यानडा र माल्दिभ्स दुवै देशले एस्ट्राजेनेका खोप उपलब्ध गराउने छन्। तर उक्त खोप नेपाल आइपुग्ने मिति भने तय भइसकेको छैन।’

नेपाललाई हालसम्म भारत, चीन, अमेरिका, जापान, भुटान, बेलायतले कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन र एस्ट्राजेनेका खोप अनुदानमा उपलब्ध गराइसकेका छन्।

स्वास्थ्य मन्त्रालयको मंगलबारको तथ्यांक अनुसार नेपालमा हालसम्म ६४ लाख ९ हजार १९६ जना व्यक्तिले कोरोना विरुद्धको पूर्ण खोप लगाइसकेका छन्। त्यो लक्षित जनसंख्याको २९ दशमलभ ५ प्रतिशत हो।

त्यसैगरी, ७९ लाख १३ हजार ५५५ व्यक्तिले पहिलो मात्रा खोप लगाएका छन्। लक्षित जनसंख्याको ३६ दशमलब४ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP