मंगलबार , बैसाख २९, २०८३

स​त्ता गठबन्धनमा सहमतिपछि नेकपा (माओवादी केन्द्र)ले मन्त्रीको टुंगो लगाएको छ भने कांग्रेस र जसपामा मन्त्री बन्न हानथाप भएको छ। नेकपा (एकीकृत समाजवादी) ले भने मन्त्रालय भागबण्डामै असन्तुष्टि जनाएको छ।

मन्त्री बाँडफाँटमा सन्तुलन नमिलेको भन्दै एसले आफ्नो तर्फबाट मन्त्री बन्नेको नामसमेत चयन गरेको छैन। असन्तुष्टिका कारण मन्त्री छनौटको गृहकार्य पनि पार्टीले थालेको छैन। ‘मन्त्रालयको बाँडफाँटमा सन्तुलन मिलाउनुपर्छ भन्ने हाम्रो माग हो,’ एसका महासचिव बेदुराम भुसालले भने।

एसका अध्यक्ष माधव नेपालकै कारण सर्वोच्च अदालतको परमादेशबाट देउवा प्रधानमन्त्री भएका थिए। उनले अढाइ महिनासम्म मन्त्रिपरिषद्को विस्तार गर्न सकेका छैनन्।

प्रधानमन्त्री भएपछि देउवा एक्लै अघि बढ्ने प्रयासमा छन्। महासचिव भुसालले मन्त्री छनौटका सम्बन्धमा बुधबार कुनै बैठक नबसेको बताए । सत्ता गठनबन्धनबीच मन्त्रालयको संख्या र नाममा मंगलबार भागबण्डा गरियो । एसको भागमा सहरी, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र कानुन, मन्त्रालय परेको थियो।

एसले शक्तिशाली, विकासे र सेवा दिने मन्त्रालयको सन्तुलनकारी वितरण हुनुपर्ने माग गरेको छ। शक्तिशाली मानिने मन्त्रालय आफ्नो भागमा नपरेको भन्दै एसले असन्तुष्टि जनाएको हो। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP