आइतबार , भाद्र १४, २०८३

नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने ४ मन्त्रीको नाम टुंगो लगाएको छ। बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुंगो लगाएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । ती स्थायी कमिटी सदस्यका अनुसार देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र मोधमाया यादवको नाम टुंगो लगाइएको हो । पौडेल बागलुङबाट निर्वाचित सांसद हुन् भने शशी श्रेष्ठ हाल राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य समेत रहेकी छिन् ।

यस्तै मोधमाया माओवादीको जययुद्धकालीन सहिद रामवृक्ष यादवको छोरी हुन् । यसअघि माओवादीको तर्फबाट देउवा सरकारमा दुई मन्त्री सहभागी थिए । जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्रीको रुपमा रहेकोमा आज थप ४ मन्त्रीको टुंगो लागेसँगै माओवादीले आफ्नो भागमा आएका सबै मन्त्रीको नाम टुंगो लगाएको छ । ४ मन्त्रीको मन्त्रालयबारे भने खुलाइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP