आइतबार , बैसाख २८, २०८२

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा भएको ६ जनाको सामूहिक हत्याकाण्डपछिकाे अनुसन्धानमा उत्कृष्ट काम गर्ने दुई प्रहरी पुरस्कृत भएका छन् ।

बुधबार प्रदेश एक प्रहरी कार्यालयले ६६ औं प्रहरी दिवसको अवसरमा उनीहरुलाई पुरस्कृत गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । त्यस सामूहिक हत्याकाण्डको सफल अनुसन्धान कार्यमा मेहनतका साथ लागेको भन्दै इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा र प्रहरी सहायक निरीक्षक रुद्र खड्कालाई नगद ५०/५० हजार रुपैयाँ सहित पुरस्कृत गरेको हो ।

मादीको उम्लिङ खोलागाँउका एकै परिवारका ६ जनाको विभत्स हत्या गरिएको घटनाको सफल अनुसन्धान गरि हत्यामा संलग्न ५ जना अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरी सफल र त्यसमा खतिवडा र खड्काको विशेष भूमिका रहेको भन्र्दै सम्मानित गरिएको हो । समाजमा प्रहरीको छवि उच्च बनाउन अहोरात्र खटिनुका साथै आम सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूती दिलाउन सफल भएकाले सम्मानित गरिएको प्रहरी कार्यालयको भनाइ छ ।

मादी–१ उम्लिङ खोला गाउँमा स्थानीय ५२ वर्षीय तेजकुमार कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ८ वर्षीय दीपेन कार्की र नातिनी ५ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो । हत्याका अभियुक्तहरु पाँच जनालाई पक्राउ गरि कारागार चलान भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP