सोमबार , भाद्र १५, २०८३

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा भएको ६ जनाको सामूहिक हत्याकाण्डपछिकाे अनुसन्धानमा उत्कृष्ट काम गर्ने दुई प्रहरी पुरस्कृत भएका छन् ।

बुधबार प्रदेश एक प्रहरी कार्यालयले ६६ औं प्रहरी दिवसको अवसरमा उनीहरुलाई पुरस्कृत गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । त्यस सामूहिक हत्याकाण्डको सफल अनुसन्धान कार्यमा मेहनतका साथ लागेको भन्दै इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा र प्रहरी सहायक निरीक्षक रुद्र खड्कालाई नगद ५०/५० हजार रुपैयाँ सहित पुरस्कृत गरेको हो ।

मादीको उम्लिङ खोलागाँउका एकै परिवारका ६ जनाको विभत्स हत्या गरिएको घटनाको सफल अनुसन्धान गरि हत्यामा संलग्न ५ जना अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरी सफल र त्यसमा खतिवडा र खड्काको विशेष भूमिका रहेको भन्र्दै सम्मानित गरिएको हो । समाजमा प्रहरीको छवि उच्च बनाउन अहोरात्र खटिनुका साथै आम सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूती दिलाउन सफल भएकाले सम्मानित गरिएको प्रहरी कार्यालयको भनाइ छ ।

मादी–१ उम्लिङ खोला गाउँमा स्थानीय ५२ वर्षीय तेजकुमार कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ८ वर्षीय दीपेन कार्की र नातिनी ५ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो । हत्याका अभियुक्तहरु पाँच जनालाई पक्राउ गरि कारागार चलान भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP