मंगलबार , असार २३, २०८३

युट्युबले मोबाइलको स्क्रिन बन्द हुँदा अथवा मोबाइलमा अन्य काम गर्दापनि गीत सुन्न सकिने फिचर उपलब्ध गराउने भएको छ । नोभेम्बर ३ देखि पहिलो चरणमा क्यानाडामा यसको परिक्षण हुने भएको छ । यो सँगै युट्युब म्युजिक सुन्दा मोबाइलमा अरु काम गर्न नपाइने झन्झटको अन्त्य हुने भएको छ ।

हाल युट्युब म्युजिक सुन्दै गर्दा अरु कुनै एप चलाउनु पर्दा युट्युब बन्द गर्नुपर्ने हुन्छ । सोही समस्यालाई समाधान गर्ने उद्देश्यका साथ कम्पनीले यो कदम चालेको हो । नयाँ फिचर सँगै मोबाइलको स्क्रिन बन्द हुँदा समेत युट्युब म्युजिक भने चलिरहने छ ।

ब्याकग्राउन्ड युट्युब म्युजिकले स्ट्यान्डर्ड एड, पर्सनालाइज्ड रेडियो मिक्स र आफ्नो युट्युब अकाउन्टमा अपलोड गरिएका कन्टेन्ट सबै सपोर्ट गर्नेछ । यो फिचर प्रिमियम सब्स्क्रिप्सन बिना नै प्रयोगकर्तालाई उपलब्ध हुने जनाइएको छ ।

यसअघि युट्युब म्युजिकमा आउने सबै नयाँ फिचरका लागि युट्युब प्रिमियम सब्स्क्रिप्सन लिनु पर्ने वाध्यता थियो । तर ब्याकग्राउन्ड युट्युब म्युजिक भने सबै प्रयोगकर्तालाई उपलब्ध हुने उल्लेख छ ।

क्यानडा बाहेक अन्य देशका प्रयोगकर्तामाझ पनि यो फिचर चाँडै उपलब्ध हुने अनुमान गरिएको छ । ब्याकग्राउन्ड म्युजिक फिचर सँगै युट्युब म्युजिक स्पोटीफाई, एप्पल म्युजिक, प्यान्डोरा, टिडल जस्ता सबै कम्पनीका लागि चुनौती हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP