आइतबार , भाद्र १४, २०८३

सरकारले रोजगार अनुमति प्रणाली सञ्चालन व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सुनाउँदै कानुनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे जानकारी दिए ।

यसैगरी बैठकले नेपाल प्रशासन सेवातर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सह–सचिव पदमा रविलाल पन्तलाई बढुवा गर्ने निर्णय गरेको हो । वैदेशिक रोजगार न्यायाधीरकणको रिक्त सदस्यमा सह न्यायाधिवक्ता डा. गोपीचन्द्र भट्टराईलाई तोक्ने निर्णय गरेको उनले बताए ।बैठकले ऋण असुली न्यायीकरणको रिक्त कानुन सदस्य पदमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विष्णु प्रसाद रेग्मीलाई नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी असोज २४ गतेदेखि २८ सम्म परराष्ट्र मन्त्रीको नेतृत्वमा असंलग्न आन्दोलनको ‘हाइ लेबल मिटिङ’मा सहभागी हुने प्रतिनिधि मण्डलको गठन गन निर्णय पनि बैठकले गरेको छ ।बैठकले विद्युतीय राहदानीको बुकलेटमा उल्लेख हुने सुरक्षा विशेषताहरू स्वीकृत गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP