सोमबार , बैसाख ८, २०८२

फेसबुक, इन्टाग्राम र ह्वाट्स एपमा सोमबार समस्या आउँदा मार्क जकरबर्गले केही घण्टामै ६ अर्ब अमेरिकी डलर भन्दा बढी सम्पति गुमाएका छन् । सोमबार फेसबुक तथा इन्स्टाग्राम र ह्वाट्स एप ६ घण्टासम्म डाउन हुँदा ‘फेसबुक इन्क’ को सेयर भाउ ४.८९% ले घटेको थियो । जसका कारण जकरबर्गको सम्पतिमा ६.११ अर्ब डलरको गिरावट आएको हो । सेयर भाउमा भारी गिरावटपछि संस्थापक मार्क जकरबर्गको सम्पति घटेर १ खर्ब २२ अर्ब अमेरिकी डलरमा आइपुगेको छ ।

यद्दपि, मंगलबारको प्रि मार्केट सेसनमा भने फेसबुकको सेयर भाउ १.२२% ले बढेको छ । सोमबार फेसबुकसँगै इन्स्टाग्राम र ह्वाट्स एपसमेत नचल्दा झण्डै ३.५ अर्ब प्रयोगकर्ताले ६ घण्टासम्म आफ्नो एकाउन्टमा पहुँच पाउन सकेका थिएनन् । फेसबुकले गलत कन्फिगरेसनका कारण एपहरुमा समस्या आएको बताएको छ । फेसबुकको आन्तरिक सञ्चार प्लेटफर्म ‘वर्कप्लेस’ समेत नचलेपछि अधिकांश कर्मचारीहरुले समेत काम गर्न सकेका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP