शनिबार , भाद्र १३, २०८३

फेसबुक, इन्टाग्राम र ह्वाट्स एपमा सोमबार समस्या आउँदा मार्क जकरबर्गले केही घण्टामै ६ अर्ब अमेरिकी डलर भन्दा बढी सम्पति गुमाएका छन् । सोमबार फेसबुक तथा इन्स्टाग्राम र ह्वाट्स एप ६ घण्टासम्म डाउन हुँदा ‘फेसबुक इन्क’ को सेयर भाउ ४.८९% ले घटेको थियो । जसका कारण जकरबर्गको सम्पतिमा ६.११ अर्ब डलरको गिरावट आएको हो । सेयर भाउमा भारी गिरावटपछि संस्थापक मार्क जकरबर्गको सम्पति घटेर १ खर्ब २२ अर्ब अमेरिकी डलरमा आइपुगेको छ ।

यद्दपि, मंगलबारको प्रि मार्केट सेसनमा भने फेसबुकको सेयर भाउ १.२२% ले बढेको छ । सोमबार फेसबुकसँगै इन्स्टाग्राम र ह्वाट्स एपसमेत नचल्दा झण्डै ३.५ अर्ब प्रयोगकर्ताले ६ घण्टासम्म आफ्नो एकाउन्टमा पहुँच पाउन सकेका थिएनन् । फेसबुकले गलत कन्फिगरेसनका कारण एपहरुमा समस्या आएको बताएको छ । फेसबुकको आन्तरिक सञ्चार प्लेटफर्म ‘वर्कप्लेस’ समेत नचलेपछि अधिकांश कर्मचारीहरुले समेत काम गर्न सकेका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP