शनिबार , बैसाख २७, २०८२

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक र कम्युनिस्ट आन्दोलन नै चुनौती र अवसरको दोसाँधमा रहेको बताएका छन् । नेपाल बुद्धिजीवी सङ्गठनको राष्ट्रिय भेलालाई सोमबार सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने र देशमा समाजवादको आधार तयार पार्न कम्युनिस्टहरूबीच एकता भएको उल्लेख गरे । दशकौँसम्म कम्युनिस्ट नेतृत्वको सरकार अगाडि बढाउने सपना देखेर भएको पार्टी एकता तथा कम्युनिस्ट आन्दोलन नै क्षतविक्षत बनाउने प्रयास भएपछि बाध्य भएर आफूले केपी ओलीको सरकार ढालेको प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्डले देशको राजनीतिक परिवर्तन उल्ट्याउने षड्यन्त्र भइरहेको र त्यसमा आफू सचेत बनेको स्पष्ट पारे । उनले माओवादी पार्टी एकढिक्का भएर निर्वाचनमा जाँदा पहिलो दल बन्ने दाबी गरे । आफ्नै पार्टीबाट अरू पार्टीमा गएका ठूला नेता पार्टीमा प्ुनः फर्कने विषयमा छलफल भइरहेको बताउँदै प्रचण्डले एउटा दलसँग एकीकरणबारे वार्तासमेत भइरहेको जानकारी बताए । उनले कुन राजनीतिक दलसँग एकताका लागि वार्ता भइरहेको भन्नेबारे चाहिँ खुलाएनन् । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP