आइतबार , भाद्र १४, २०८३

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक र कम्युनिस्ट आन्दोलन नै चुनौती र अवसरको दोसाँधमा रहेको बताएका छन् । नेपाल बुद्धिजीवी सङ्गठनको राष्ट्रिय भेलालाई सोमबार सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने र देशमा समाजवादको आधार तयार पार्न कम्युनिस्टहरूबीच एकता भएको उल्लेख गरे । दशकौँसम्म कम्युनिस्ट नेतृत्वको सरकार अगाडि बढाउने सपना देखेर भएको पार्टी एकता तथा कम्युनिस्ट आन्दोलन नै क्षतविक्षत बनाउने प्रयास भएपछि बाध्य भएर आफूले केपी ओलीको सरकार ढालेको प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्डले देशको राजनीतिक परिवर्तन उल्ट्याउने षड्यन्त्र भइरहेको र त्यसमा आफू सचेत बनेको स्पष्ट पारे । उनले माओवादी पार्टी एकढिक्का भएर निर्वाचनमा जाँदा पहिलो दल बन्ने दाबी गरे । आफ्नै पार्टीबाट अरू पार्टीमा गएका ठूला नेता पार्टीमा प्ुनः फर्कने विषयमा छलफल भइरहेको बताउँदै प्रचण्डले एउटा दलसँग एकीकरणबारे वार्तासमेत भइरहेको जानकारी बताए । उनले कुन राजनीतिक दलसँग एकताका लागि वार्ता भइरहेको भन्नेबारे चाहिँ खुलाएनन् । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP