मंगलबार , बैसाख २९, २०८३

यापर भिटेन पनि फिल्मको हिरो बन्ने भएका छन् । बुढासुब्बा डिजिटलले निर्माण गरिरहेको फिल्म ‘रत्नपार्क’मा उनी हिरोको रुपमा देखिन लागेका हुन् । बुढासुब्बाका सञ्चालक नवराज गिरीले आफुले बनाउने फिल्म ‘रत्नपार्क’ भिटेनलाई हिरोको रुपमा प्रस्तुत गर्न लागेको बताए ।‘‘रत्नपार्क’को कथामा भिटेन बाहेकका हिरो सुहाउँदैन । त्यसैले उनी छानिएका हुन्’ गिरीले भने ‘फिल्मको केही भाग छायाँकन भएको छ ।

भिटेनको पाटो छायांकनका लागि जाडो मौसम आवश्यक रहेकोले हामी मंसिर, पुसको पर्खाइमा छौ ।’ फिल्ममा आफु मुख्य भिलेनको रुपमा देखिन लागेको समेत गिरीले सुनाए । ‘मेरो केही अगाडि लामो कपाल र दारी देख्नु भएको थियो नि । त्यो यो फिल्मको गेटअप हो’ गिरीले थपे ‘मेरो पाटोको छायाँकन सकिएकोले दाही र कपालले अहिले काटे ।’

फिल्मको लेखन समेत निर्माता गिरीले गरेका हुन् । फिल्मको कथा आफ्नो जीवनसँगसम्म पनि केही सम्बन्धित रहेकोले आफैले लेखेको जानकारी दिएका गिरीले भिटेनले फिल्मका लागि १८ लाख पारिश्रमिक लिएको सुनाए । भिटेनले भने फिल्मको बिषयमा आधिकारीक धारण सार्वजनिक गरेका छैनन् ।

ओटीटी प्लेटफर्म, चलचित्र घर र टेलिभिजनमा रिलिज गर्ने उदेश्यले निर्माण हुन लागेको यो फिल्म लफडामा पनि पर्न सक्ने डर निर्माता गिरीलाई छ । कारण खुलाउँदै भने, ‘फिल्मको स्क्रिप्टमा अश्लिल शब्दको अत्यधिक प्रयोग भएको छ ।’

सधै अरुले निर्माण गरेको फिल्म किन्दै आएको बुढासुब्बाले अहिले ७ फिल्म निर्माण घोषणा गरेको छ । त्यसमध्ये एउटामा भिटेन छानिएका हुन् । सात वटै फिल्म क्रममा बनाउने बुढासुब्बाको सोच रहेको छ । अहिले छायांकन नै नभएको फिल्मले समेत डिजिटल राइट बिक्रि गरेर बुढासुब्बासम्म ६ करोड लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  चैत्र २४, २०८२ मंगलबार 207 Views

दलान कार्यक्रम भव्य रूपमा सम्पन्न

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP