सोमबार , भाद्र १५, २०८३

दशैंको मुखमा एयरलाइन्सको भाडा करिब शतप्रतिशत महँगो भएको छ । ‘अक्कुपेन्सी’ का कारण टिकट महँगो भएको एयरलाइन्सहरुको भनाइ छ ।

‘केही समयअघि ३ हजार रुपियाँमा पाइने टिकटका लागि अहिले तपाईंले ५/६ हजार रुपियाँ तिर्नुपरेको सही हो, तर हामीले मूल्य बढाएका छैनौं’, बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भन्नुभयो– ‘नागरिक उड्डयन प्राधिकरणले तोकेभन्दा बढी हामीले भाडा लिन पाउँदैनौं ।’

अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य बढ्दा नेपालमा पनि त्यसको असर पर्छ, तर अहिले यात्रुको चापका कारण मूल्य बढेजस्तो लागेको मात्र हो भन्ने धारणा उहाँको थियो ।

तर, अन्तर्राष्ट्रिय बजारमा भने हवाई टिकटको मूल्य ६ सय प्रतिशतसम्म बढेको छ । नेपालबाट अस्ट्रेलिया जाने यात्रुले ८० हजारमा टिकट पाउँथे भने अहिले ६ लाखभन्दा माथि टिकटको मूल्य छ ।

वैशाली ट्राभल्सका एमडी राजेन्द्र भट्टराई भन्नुहुन्छ– ‘काठमाडौं–नयाँदिल्लीको टिकट ९ हजारमा पाइन्थ्यो, तर अहिले ३० हजार पुगेको छ, सिड्नीका लागि हामीले टिकट काट्दैनौं, यद्यपि नेटमा हेर्दा ६ लाखको हाराहारीमा देखाउँछ ।’

टाइम्स अफ इन्डियाले सोमबार प्रकाशित गरेको समाचारअनुसार भारतको आन्तरिक उडानमा १२.५ प्रतिशतसम्म भाडा बढेको छ । कोभिडको असरका कारण भाडा वृद्धि भएको उसले जनाएको छ । भारतमा गत जुन १ मा मात्र १५ प्रतिशत हवाई भाडा बढाइसकिएको थियो ।

अस्ट्रेलियाको भाडा अत्यधिक रूपमा वृद्धि हुनुको पछाडि त्यहाँको सरकारले कोरोना नियन्त्रणका रूपमा आवागमनलाई लिएका कारण पनि हो, एक ट्राभलर कम्पनीका व्यवस्थापक भन्छन्– ‘एकातिर फ्लाइट नै छैन, यात्रुको संख्या अधिक छ, अर्कातिर सरकारकै नीति बाहिरबाट कोही नआऊन् भन्ने भएपछि हवाई टिकटको मूल्य बढ्नु स्वाभाविकै हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP