
एभरेष्ट प्रिमियर लिग क्रिकेटमा सोमबारको दोस्रो खेलमा पोखराले काठमाडौंलाई हराएको छ।
जितका लागि १८३ रनको टार्गेट पाएको पोखराले पानी परेपछि डीएल मेथडको आधारमा १४ रनको जित निकालेको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १८२ रन बनाएको थियो।
जवाफी ब्याटिङमा उत्रेको पोखराले १५ ओभरको समाप्तिमा ५ विकेट गुमाएर १४२ रन बनाएको अवस्थामा पानी परेको थियो। त्यसपछि डीएल मार्फत १४ रनको जित पोखराले निकालेको हो।